मनाङमा मानव बेचबिखन नियन्त्रण अभियान प्रारम्भ । फोटो फिचर सहित

नेगम परियार
भाद्र १४ मनाङ

Image may contain: 8 people, including Tika Bahadur Karki, people smiling, people standing and outdoor

हिमाली जिल्ला मनाङमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सप्ताहब्यापी कार्यक्रमको प्रारम्भ गरिएको छ । शनिबार बिहान मनाङ जिल्लाको बिभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय मनाङ तथा चामे गाउँपालिका कार्यालय मनाङको सयुक्त  आयोजनामा सप्ताहब्यापी कार्यक्रमको शुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङ प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।

Image may contain: 6 people, including Rishi Acharya, people smiling, house, sky, tree and outdoor

शनिबार पहिलो दिन मानव बेचविखन तथा ओसार पसार सम्बन्धी चामे गाउँपालिका कार्यालय  परिसरमा चामे गाउँपालिकाका प्रशासकीय अधिकृत गंगा बहादुर थापाको अध्यक्षतामा गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, बिशेष अतिथी जिल्ला प्रहरी कार्यालयका प्रहरी नयब उपरिक्षक टिका बहादुर कार्की, शसस्त्र  प्रहरी वल नेपाल ३२ नं. गुल्मका कार्यालय प्रमुख सहायक प्रहरी नायब उपरिक्षक रमेश भुवाजी , जिल्ला अस्पताल चामे मनाङका रहमान अन्सारी , चामे गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कैले गुरुङ लगायत सरकारी तथा गैरसरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधी पुर्व प्रहरी युवा क्लब आमा समुह समाजसेवीहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

Image may contain: 7 people, people standing and outdoor

शनिबार मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सप्ताहब्यापी कार्यक्रमको प्रारम्भमा प्रचा बितरण गरिएको थियो जसमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध बारे सबै जानकारी रहेको कार्कीले बताए । बाकी स्थानहरुमा पनि प्रचा पठाईएको र यस्तै कार्यक्रमहरु भैरहेको समेत कार्कीले बताए ।

Image may contain: one or more people, house and outdoor

कार्यक्रममा उपस्थितीहरुबाट समुदाय प्रहरी  साझेदारी अवधारणा आधारित यस्ता चनचेतनामुलक कार्यक्रम उपलब्धीमुलक रहेको हुदा सहभागिता बढदै गएको र कार्यक्रमलाई समुदाय ,टोल सम्म निरन्तर संचालन गर्न सुझाव दिएका थिए ।

Image may contain: 2 people, people standing, crowd and outdoor
तस्बिर : जिल्ला प्रहरी कार्यालय चामे मनाङ

No comments:

Post a Comment

Thankyou for comment