गाँजा फडानी तथा सरसफाई । फोटो फिचर सहित

नेगम परियार 
भाद्र १३ मनाङ


जिल्ला प्रहरी कार्यालय चामे मनाङको समुदाय प्रहरी साझेदारीको साझा कार्यक्रम अन्र्तगत मनाङको सदरमुकाम चामे स्थित गाँजा फडानी तथा सरसफाई कार्यक्रम गरेको छ । शुक्रबार बिहान ८ बज्जेबाट करिब २ घण्टाको समय सम्म गाँजा फडानी तथा सरसफाई कार्यक्रम गरेकाको जिल्ला प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।


जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीको नेतृत्वमा खटिएको  २१ जना प्रहरी र सशत्र प्रहरी बलका १० जना ,आमा समुह,युवा क्लब,तथा स्थानियबासीहरुको सयुक्त सहभागीतामा गाँजा फडानी तथा सरसफाई गरीएको हो ।


चामे गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष कैले गुरुङ,लागीगुरास आधारभूत बिद्यालय तलेखुका प्रधानाध्यापक सुर्यराम नागिला लगायतको उपस्थिति रहेको कार्कीले बताए । मनाङ ङिस्याङ गाउँपालिका १ तलेखु बाट चामे गाउँपालिका ५ तातोपानी कुण्ड सम्मको क्षेत्रमा आफै उम्रिएका गाँजाका बोट फडानी तथा सरसफाई कार्यक्रम गरेको हो । 


तस्बिर : जिल्ला प्रहरी कार्यालय चमे मनाङ


No comments:

Post a Comment

Thankyou for comment