बिश्वकै सबै भन्दा उचाईमा रहेको कजिन सारा ताल चिनाउन प्रथम कजिन सारा ताल महोत्सब हुने ।

नेगम परियार
असोज २ मनाङ


हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे स्थित चामे गाउँपालिका अन्र्तगत पर्ने काजिन सारा ताल महोत्सब हुने भएको छ । यहि असोज १० गतेबाट १४ गते सम्म काजिन सारा ताल महोत्सब गरिने भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले बताए ।

समुन्द्र सतहबाट ५००२ मिटरको उचाईमा रहेको मनाङको चामे गाउँपालिका ४ मा पर्ने कजिन सारा ताल ।


चामे गाउँपालिका चामे मनाङको आयोजनामा चामे गाउँपालिकाको समृद्धि र बिकासको द्धार पर्यटन,कृषि र जलश्र्रोत मुल आधार भन्ने मुलनाराका साथ प्रथम कजिन सारा ताल महोत्सब मनाउन लागेको हो । गत श्रावण ५ गते मात्र पत्ता लागेको मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका ४ स्थित ५००२ मिटरको उचाईमा नयाँ तालको पहिचान भएको थियो । 


चामे गाउँपालिकाको थप आर्कषणको रुपमा पत्ता लागेको कजिन सारा ताललाई बिश्वमा चिनाई आन्तरिक तथा बाहिय पर्यटकहरु बढाउन सकिने तथा कजिन सारा ताल बिश्वकै सबै भन्दा उचाईमा रहेको ताल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेको दाबी छ  । उक्त दिन जति सक्दो धेरै आन्तरिक तथा बाहिय पर्यटकहरु लगी कजिन सारा तालको अवलोकन गराउने र प्रचार प्रसार गराउने गाउँपालिकाले जनाएको छ ।


बिश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको समुन्द्री सतहबाट ४९१९ मिटर रहेको छ भने भर्खर मात्र पत्ता लागेको चामे गाउँपालिका ४ स्थित पर्ने कजिन सारा ताल समुन्द्री सतहबाट ५००२ मिटरको उचाईमा रहेको छ । उचाईको हिसाबले यो तालले पुन मनाङमा रहेको बिश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको रेकर्ड तोडेको हो ।


कजिन सारा ता भएको  स्थानमा चौरी खर्क,भेडी गोठ तथा गोठालाहरु बाहेक मानव बस्ती नरहेको स्थानमा रहेको र सदरमुकाम चामे बाट २४.५ किलो मिटरको दुरी र पैदल यात्राका लागी जान मात्रै दुई दिन लाग्ने अध्यक्ष घलले बताए ।


अमेरीका बस्दै आएका चामेका स्थानियबासीले गुगलबाट हेर्दा पत्ता लागे पछि चामेका स्थानिय तथा चामे गाउँपालिकाका प्रतिनिधीहरुलाई पनि जानकारी गराईएको र सो ताल भएको स्थान वरी परिका याक चौरी भेडा गोठालाहरुलाई समेत सोधदा सो स्थानमा ताल भएको भनी जानकारी आए पछि तालको स्थलगत अनुगम गर्नको लागी चामे बाट एक टोली स्थलगत अवलोकन गर्न गत श्रावण ५ गते कजिन सारा ताल पुगेको थियो । 
कजिन सारा तालको प्रचार प्रशार गरी बिश्वमा चिनाउन प्रथम कजिन सारा ताल महोत्सबर गरीने भएको हो । असोज १० गतेबाट महोत्सब सुरु गरी असोज १४ गते समापन हुने भएको छ । करिब ४ दिनको महोत्सब गरीने गाउँपालिकाका अध्यक्ष घलेले जानकारी दिए ।  



कजिन सारा ताल महोत्सबमा जान चाहने ब्यक्तिहरुको लागी चामे गाउँपालिकाले खाना र खाजाको ब्यबस्था मिलाएको र बाकीँ सुत्नको लागी टेन्ड,म्यटिस,सिल्पिङ ब्याग लगायत ब्यक्तिगत सामाग्री आफैले लैजानु पर्ने घलेले बताए ।


चामे गाउँपालिकाले कजिन सारा तालको मदमार्ग लगायत पर्यटकको लागी सहज बनाउन चाडै नै आवस्यक काम अगाडि बढाउने बताएको छ ।




No comments:

Post a Comment

Thankyou for comment