मनाङमा जंगली बिषालु च्याउँ खादा दुई जना बिरामी ।

नेगम परियार
भाद्र १६ मनाङ

chyau imageको लागि तस्बिर परिणाम

हिमालपारीको जिल्ला मनाङमा बिषालु जंगली च्याउँ खादा दुईजना बिरामी परेका छन । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ५ धार्के स्थायी भर भई हाल मनाङ जिल्लाको नार्पाभुमी गाउँपालिका वडा नं.२ स्थित ज्याला मजदुरी काम गर्दै आएका ४५ बर्षे चित्र बहादुर थापा बिरामी परेका हुन ।

chyau imageको लागि तस्बिर परिणाम

गए राती पहिचान नखुलेको जंगली बिषादी च्याउँ खादा थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय चामे मनाङले जनाएको छ । थापा जंगली बिषलु च्याउँ खाए पछि रगतको उल्टी भएको र उपचारको लागी जिल्ला अस्पताल चामे ल्याईएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए । थापा जंगली बिषालु च्याउँ खाए पछि गम्भीर बिरामी भएको र उपचारको लागी स्थानिय बासिन्दा र नेपाल प्रहरी सहितको टोलीले तत्काल उद्धार गरी जिल्ला अस्पताल चामे ल्याईएको कार्कीले बताए । जिल्ला अस्पताल चामेमा उपचारको क्रममा सामान्य उपचार पस्चात जिल्ला अस्पतालले यहाँ उपचार हुन नसक्ने बताए पछि थापालाई थप उपचारका लागी तुरुन्त जिल्ला सामुदायिक अस्पताल लम्जुङ बेशिसहर रिफर गरिएको जिल्ला अस्पताल चामे मनाङका डा.मुकेश कुमार शाहाले जानकारी दिए ।

chyau imageको लागि तस्बिर परिणाम

आर्का एक जनाको भने जानकारी नआएको र जिल्ला अस्पताल चामे ल्याईदै गरेको जिल्ला प्रहर कार्यालय  चामे मनाङले जनाएको छ । जिल्ला अस्पताल चामे मनाङका अनुसार जंगली बिषालु च्याउँ खाने अर्का बिरामीलाई पनि जिल्ला सामुदायिक अस्पताल लम्जुङ बेशिसहर रिफर गरिने जिल्ला अस्पताल चामेका डा. शाहाले बताए । बर्षेने जंगली च्याउँको सिजनमा मनाङमा जंगली बिषलु च्याउँ खाएर बिरामी पर्ने गर्दछन । 


No comments:

Post a Comment

Thankyou for comment