मनाङमा बोलेरो जिप दुर्घटना । भिडियो सहित ।

नेगम परियार
भाद्र २२ मनाङ


हिमालपारीको जिल्लामा सडक पुगेसंगै सवारी दुर्घटना हुदै आएको छ । सडक पुगे पनि जोखिम सडक भएका कारण बढी सवारी दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालय  मनाङले जनाएको छ । सडककै कारण गत शनिबार पनि बोलेरो जिप दुर्घटना भएको छ । 

गत शनिबार २ बज्जे मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङ स्थित चामे हुम्दे कच्ची सडक खण्ड अन्र्तगत मनाङको ताल बाट खाङसार मनाङको लागी गुडेको बोलेरो जिप दुर्घटना भएको हो । १४ बोरा र राउण्ड फलामे पाईप ६० पिस बोकी मनाङको हुम्दे तर्फ उकालो लागेको ग १ ज ७२४५ नं.को बोलेरो जिप दुर्घटनामा परेको हो 

मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङ स्थित भ्राताङ भन्दा अलिकति माथी पहरा फोरेर बनाईएको सडकबाट करिब १०० मिटर तल मस्र्याङदी नदिको बिच भागमा खसेको हो ।उक्त जिपमा सवार चालक सहित अन्य ५ जना पुरष यात्रुहरु हामफाली सकुसल रहेको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।


सो बोलेरो जिपका चालक लम्जुङ दोर्दी गाउँपालिका वडा नं.८ बस्ने २३ बर्षिय आनन्द गुरुङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानकार्य भईरहेको  कार्कीले  बताए । उक्त बोलेरो जिप मस्र्याङदी नदिको बिच बहावमा रहेकोले तत्काल जिपलाई उद्धार गर्न असहज भएको समेत कार्कीले बताए बोलेरो जिप दुर्घटना भएको स्थान सदरमुकाम चामे बाट करिब ७ किलोमिटर माथि रहेको छ ।

भिडियो सहित ।






No comments:

Post a Comment

Thankyou for comment