पर्यटकहरुबाट मनाङमा जुत्ता,बुट,ज्याकेट बितरण । फोटो फिचर सहित

नेगम परियार 
कार्तिक ५ मनाङ

स्पेनका नागरिकहरुबाट मनाङको बिभिन्न स्थानमा रहेको बालबालिका तथा बयस्क सबैलाई जुत्ता लत्ताकपडा, ज्याकेट न्यानो न्यानो कपडा तथा ठुला मानिसहरुको लागी बुट सहयोग स्वारुप बितरण गर्दै ।


मनाङमा स्पेनका नागरिकहरुबाट सहयोग गरेका छन । अन्नपुर्ण पैदलमार्ग पैदल यात्रा गर्न आएका स्पेन तारागोनाका बिदेशी नागरिकहरुले मनाङमा सहयोग गरेका हुन । सहयोगमा उनिहरुकै हातबाट बालबालिका तथा बयस्कहरुलाई बुट,जुत्ता,ज्याकेट , कपडा लगायत न्यानो न्यानो कपडाहरु बितरण गरेका थिए । 


मनाङ जिल्लाको नासोँ गाउँपालिका धारापानी , सदरमुकाम चामे,पिसाङमा लत्ता कपडा जुत्ता तथा बुट बितरण गरेका हुन । बितरण गरेको स्थानहरु मध्ये धारापानीमा २५ जना बालबालिकाहरुलाई जुत्ता,लत्ता कपडा तथा ज्याकेट बितरण गरेको र सदरमुकाम चामे स्थिित मस्र्याङदी मन्डेला होटलको प्राङ्गणमा  करिब ३५ जना बालबालिकाहरुलाई जुत्ता,लत्ता कपडा तथा ज्याकेट बितरण गरेको स्पेनका नागरिक र्जोडी फुवल बेनउलले बताए ।


बाकीँ मनाङ ङिस्याङ गाउँपालिका अन्र्तगतका पिसाङमा करिब ३० जनालाई र उपरमनाङमा ७० जना बालबालिका तथा बयस्क सबैलाई जुत्ता लत्ताकपडा, ज्याकेट न्यानो न्यानो कपडा तथा ठुला मानिसहरुको लागी बुट बितरण गर्ने कार्यक्रम रहेको बेलउलले बताए । 

जाडो नजिकिदै गर्दा उनिहरुको २३ जनाको समुह मिलेर आर्थिक संकलन गरी सहयोग गरेको उनिहरुको भनाई छ । उनिहरु नेपाल आउदा सधै सहयोग गर्ने गरेको र यो भन्दा पहिला पनि धेरै पटक सहयोग गरेको उनिहरुले बताए । सहयोगी स्पेनका नागरिकहरु मनाङको बिभिन्न स्थानहरुमा सहयोग गर्दै थोरङ्गला पास गरी मुस्ताङ जाने उनिहरुले बताए ।


तस्बिर सौजन्य ः सन्तोष श्रेष्ठ 

No comments:

Post a Comment

Thankyou for comment