राहत शिक्षकहरुको माग पूरा गर्न शिक्षकहरुको माग ।


राजेन्द्र न्यौपाने
गोरखा, ६ पुस । 


नेपाल राहत शिक्षक गोरखाको शनिबार भएको कार्यक्रममा शिक्षक महासंघ, शिक्षक संघ, संगठनका अध्यक्ष तथा पदाधिकारीहरुले राहत शिक्षकहरुका जायज माग पूरा गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । 

शक्ति मा.वि. पाटेचौरमा भएको भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाल शिक्षक महासंघका सह अध्यक्ष राजन कट्टेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखाका अध्यक्ष टिकाराम श्रेष्ठ, नेपाल शिक्षक संघ गोरखाका अध्यक्ष लुमनाथ लामिछाने, नेपाल राष्टिय शिक्षक संगठन केन्द्रीय परिषद सदस्य शिवराम कट्टेल लगायतले शिक्षक हकहितका बारेमा आफ्ना धारणा राखेका थिए । 

नेपाल राहत शिक्षक गोरखाका अध्यक्ष शिव कुमार यादवले शिक्षक महासंघले राहत शिक्षकहरुका मागको सम्बोधन गर्न अगुवाई गर्नुपर्ने बताए । माग पूरा नहुँदा सम्म सबै राहत शिक्षक साथीहरु आन्दोलनको तयारीमा जुट्न समेत उनले आव्हन गरेका छन् । 

No comments:

Post a Comment

Thankyou for comment