async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> कमल खत्रीको पहिलो मायाँ मनाङमा । भिडियो सहित हेर्नुहोस | यूनिक न्युज (UNIQUE NEWS)

कमल खत्रीको पहिलो मायाँ मनाङमा । भिडियो सहित हेर्नुहोस

नेगम परियार 
साउन २३ मनाङ 

हिमालपारीको जिल्ला मनाङ स्वर्गकै एक टुक्रा भएता पनि प्रचार प्रशार र भौगोलिक हिसाबले बिकट भएका कारण ओझेलमा परेको सबैले महसुस गरेकै कुरा हो । तर हिजो आज चलचित्र तथा मिउजिक भिडियो गर्नको लागी मनाङ सबै कलाकार निर्देशक तथा गाएकहरुको मनमा चिनिन थाले पछि बिस्तारै चलचित्र तथा गीतको मिउजिक भिडियो बनाउन आउनेहरुको संख्यामा बृद्धि हुन थालेको छ । 


सोहि क्रममा हिमालपारीको जिल्ला मनाङमा गत बिहिबार मात्र मनाङको सदरमुकाम चामे आईपुगेका गाएक , संगीतकार तथा मोडल  कमल खत्री , गाएक तथा मोडल सिम्पल खरेल कमल खत्रीको नयाँ गीत पहिलो मायाँ बोलको गितको सुटिङको लागी मनाङ आएका छन । कमल खत्रीको पहिलो मायाँ बोलको गीतको सबै सुटिङ्ग मनाङ्ग जिल्लाको बिभिन्न रमणीय स्थानमा गरिने र गीतको सबै सुटिङ्ग मनाङ्गमा नै गरिने भएको समेत गाएक कमल खत्रीले बताए । गाएक खत्रीको मनाङ्गको यात्रा पहिलो पटक भएको समेत उनले बताए ।

कमल खत्रीको स्वार तथा संगीत रहेको पहिलो मायाँ बोलको गीतमा शब्द सुदिप लम्सालको रहेको  छ । गीतको मिउजिक भिडियोमा कमल खत्री र सिम्पल खरेल रहेका छन भने गीतको निर्देशन समेत सिम्पल खरेल आफैले गर्ने उक्त गीतको मोडल तथा निर्देशक सिम्पल खरेलले बताईन । गीतको क्यामरामा भने पवन सलिमले खिच्ने छन । 


पहिलो मायाँ गीतको सबै सुटिङ्ग मनाङ्गमा नै गरिने र करिब २ दिन मनाङ्गको बिभिन्न स्थानहरुमा गरी चाडै नै सो गीतको मिउजिक भिडियो तयार पारी गाएक कमल खत्रीको अफिसियल युटुब च्यानल कमल खत्री बाट सार्बजनिक गरिने गाएक तथा संगीतकार कमल खत्रीले बताए । गीत सिङ्गल ट्रयाक रहने समेत खत्रीले बताए । 
यसरी कलाकार तथा चलचित्रका निर्देशकहरुको आखामा पर्न सफल मनाङ्ग जिल्लामा यो भन्दा पहिला पनि दर्जनौ मिउजिक भिडियो तथा चलचित्रहरुको सुटिङ्ग भैसकेको छ । यसरी मिउजिक भिडियो तथा चलचित्रको माध्यमबाट पनि मनाङ्गलाई प्रचार प्रशारमा निकै टेवा पुगेको देखिन्छ ।


 video link https://youtu.be/UY16JUCPnD0
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment