async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> हेलीकप्टरबाट नवजात शिशुको उद्धार | यूनिक न्युज (UNIQUE NEWS)

हेलीकप्टरबाट नवजात शिशुको उद्धार

नेगम परियार
श्रावण १८ मनाङ


हिमाली जिल्ला मनाङबाट नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार भएको छ । मनाङमा यार्सागुम्वा टिप्न आएकी  रोल्पाको सुनछहारी गाउँपालिकाकी प्रमिशा बुढा मगरले जन्माएको नवजात शिशुलाई हेलीकप्टरले उद्धार गरेको हो ।


१९ बर्षिय बुढा मगरले गर्भवती भएको २९ हप्तामा जन्माएको शिशु गम्भीर विरामी परेपछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी पोखरा लगिएको मनाङ अस्पतालले जनाएको छ । जिल्ला अस्पताल मनाङका डा. प्रतिक न्यौपानेका अनुसार गम्भीर समस्या भएको नवजात शिशुलाई प्राथमिक उपचार पछि थप उपचारको लागि पोखरा लगिएको हो ।


मनाङको चामे स्थित कोतोमा कोठा भाडामा लिएर बस्दै आएकी बुढा मगरले विहिबार घरमै शिशु जन्माएकी हुन् । शिशु जन्मिएको २४ घण्टासम्म पनि बच्चाले दुध खान नसकेपछि १७ गते जिल्ला अस्पतालमा पुर्याएकी हुन् ।

स्वास्थ्यकर्मीको सहयोग विना सुत्केरी भएकी महिलाले बच्चाको नावी आँफैले काटेर धागोले बाँधेपछि नावीमा संक्रमणको जोखिम भएको अस्पतालले जनाएको छ । सो बाहेक बच्चाले आमाको दुध खान नसकेपछि महिलाले पाउडर दुध खुवाएको र पछि त्यो पनि खान छोडेपछि मात्रै अस्पताल पुर्याएको बुझिएको छ । समय नपुग्दै जन्मिएको बच्चाले केहि पनि नखाएपछि शरीरमा ग्लुकोजको कमी भई जोखिम बढेको र उक्त शिशुको उपचार जिल्लामा सम्भव नभएपछि अन्यत्र पठाईएको डा= न्यौपानेले जानकारी दिनुभयो ।

नवजात शिशुको उद्धारको लागि नेपाली सेनाको हेलीकप्टर मनाङ पुगेको हो । राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तर्गत शिशुलाई उद्धार गरीएको मनाङ प्रहरीले जनाएको छ । सरकारले यो कार्यक्रम अन्तर्गत मनाङ सहित हिमाली र दुर्गम १४ जिल्लाका सुत्केरी महिलाहरुको उद्धारमा निशुल्क सेवा दिदँै आएको छ ।


हिमाली जिल्ला भएकोले मनाङको जिल्ला अस्पतालमा प्रसुती सेवा लिने महिलाहरुको सँख्या अत्यन्त न्युन हुने गरेको छ । १५ शैयाको जिल्ला अस्पतालमा बार्षिक १० जना भन्दा कमले प्रसुति सेवा लिएको मनाङ जिल्ला अस्पतालको तथ्याँकले देखाएको छ ।

गर्भवती भएर मनाङ जिल्ला अस्पताल बाहेक अन्य स्वास्थ्य सँस्थामा जाँच तथा सुत्केरी गराउनेको सँख्या पनि निकै कम छ । प्रसुती सेवा लिन आएका अधिकांश महिलाहरुलाई जिल्ला अस्पतालमा पर्याप्त उपकरण नहुँदा अन्यत्र पठाउने गरेको अस्पतालले जनाएको छ ।
मनाङमा जिल्ला अस्पताल बाहेक अन्य १० वटा स्वास्थ्य निकायले प्रसुती सेवा दिने गरेको छ । अन्य जिल्लाको तुलनामा कम जनसँख्या, जिल्लाको भौगोलिक विकटता र सचेतना नहुँदा पनि नागरिकले सेवा लिन नसकेको सरोकारवालाहरुको बुझाई छ ।


सुत्केरी अवस्थाकी महिला र बच्चालाई जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी टोली लगाएतको सहयोगमा जिल्ला अस्पताल बाट हिलिप्याड सम्म पुराई सहयोग गरेको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्की ले बताए । 

तस्बिर प्रतिक न्यौपाने 

जिल्ला अस्पताल चामे मनाङ



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment