async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङको र्दुगम तथा बिकट नार फु मा स्वास्थ्य शिबिर सञ्चालन गर्न औषधी सहित पुगे डा. सन्तोष अधिकारी । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङको र्दुगम तथा बिकट नार फु मा स्वास्थ्य शिबिर सञ्चालन गर्न औषधी सहित पुगे डा. सन्तोष अधिकारी ।

नेगम परियार
कार्तिक २८ मनाङ

मनाङको फु मा स्वास्थ्य शिबिरमा ८७ बर्षिय आमाको स्वास्थ्य परिक्षण गर्दै  जिल्ला अस्पताल चामे मनाङका डा. सन्तोष अधिकारी ।

मनाङ जिल्लाको अति बिकट हो नार्पाभुमि गाउँपालिकाको नार गाउँ र फु गाउँ । जहाँ अहिले सम्म पनि कुनै सठक मार्ग पुगेको छैन । सहज औषधी उपचारका लागी कुनै अस्पताल छैन भएका स्वास्थ्य चौकी पनि सहज छैन जान । स्वास्थ्य चौकीमा पनि औषधी र डाक्टर पाउन मुस्किल छ नार्पाभुमि गाउँपालिकाको नार गाउँ र फु गाउँमा ।

 तर एउटा डाक्टर जो दुई दिन लगाएर औषधी र आफनो सहकर्मीका साथ उक्त नार्पाभुमि गाउँपालिका नार गाउँ र फु गाउँमा गएर दुई गाउँमा छुटाछुटै एक एक दिने शिबिर गर्न सफल भएका छन । जिल्लामा  नार्पाभुमि गाउँपालिकाका यी दुई गाउँमा स्वास्थ्य शिबिर हाल सम्म कसैले पनि गरेको थिएन । गत सोमबार जिल्ला अस्पताल चामे मनाङका डा. सन्तोष अधिकारी आफनो ३ जनाको टोली र औषधी लिएर नार्पाभुमि गाउँपालिका अन्र्तगत नार र फु गाउँमा पुगी २ दिन शिबिर गर्न सफल भएका छन ।


 जस मध्ये नार्पाभुमि गाउँपालिकाको स्वास्थ्य चौकीको भवनमा गरिएको एकदिने शिबिरमा नार गाउँका ९० जना भन्दा बढी स्थानियबासीहरुले शिबिरबाट फाईदा लिएका छन । शिबिरमा निशुल्क औषधी समेत बितरण गरिएको थियो । बिशेष गरी बिकट गाउँ पालिका भएकाले उकाले ओरालो बढी गर्न पर्ने भएकाले नार्पाभुमि गाउँपालिकाका स्थनियबासीहरुमा हाडजोर्नी र स्वास प्रस्वासको बिरामी बढी भएको जिल्ला अस्पताल चामे मनाङका डा. सन्तोष अधिकारीले बताए ।

अधिकारी बिकट र यस्ता दुर्गम क्षेत्रहरुमा गएर यसरी स्वास्थ्य सेवा दिन पाएको प्रति निकै खुशि भएको आफनो खुशि ब्यक्त समेत गरेका थिए । त्यस्तै हिमाली जिल्ला मनाङ बिकटतासंग जुध्दै अगाडी बढिरहेको छ । मनाङको बिकटता भन्ने बित्तिकै जिल्लाको नार फु गाउँलाई चिनिन्छ । जहाँ आजको दिन सम्म पनि सडक मार्ग पुगेको छैन । 


शिक्षा,स्वास्थ्य,सडक लगायत अन्य धेरै सेवा सुबिधा बाट अझै पनि बन्चित छ मनाङको नार फु गाउँ । सोहि बिकट नार फु मा सोमबार मनाङको सदरमुकाम चामेमा रहेको जिल्ला अस्पतालबाट जिल्ला अस्पताल चामेका डा. सन्तोष अधिकारी सहित अन्य २ जना गरी ३ जनाको टोली सोमबार नार्पाभुमि गाउँपालिकाको वडा नं. ५ कर्मचारी आवास गृह फु मा पुगेर स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।

सदरमुकाम चामेबाट हिडेरै एक दिन देखि दुई दिन सम्म लाग्ने फु गाउँमा स्वास्थ्य सामाग्री औषधी लगायत लिएर अधिकारीको टोली फु गाउँमा पुगेर स्वास्थ्य शिबिर सञ्चालन सम्पन्न गरेको डा. सन्तोष अधिकारीले बताए । शिबिरमा ५० जना भन्दा बढी शिबिरबाट लाभाम्बित भएका अधिकारीले बताए । 


स्वास्थ्य शिबिर फु गाउँको कर्मचारी आवास गृहमा सञ्चालन गरिएको थियो । बिशेष गरी फु मा हाडजोर्नीका बिरामीहरु आएको र त्यस क्षेत्रमा अति चिसो हुने भएकाले बिशेष गरी हाडजोर्नीका बिरामीहरु बढी भएको जिल्ला अस्पताल चामे बाट खटिएका डा.सन्तोष अधिकारीले बताए । त्यस्तै बुधबार नार्पाभुमि गाउँपालिका अन्र्तगत नार गाउँमा स्वास्थ्य शिबिर गरिने समेत अधिकारीले बताए । डा.गोबिन्द के.सी.को सिद्धान्तमा हिडन र काम गर्न रुचाउने डा. अधिकारी यी र यस्ता बिकट ठाउँहरुमा साथै असक्क्त , अपाङ्ग,बृद्ध बृद्धाहरुको सेवा गर्ने अवसर पाउदा निकै खुशि हुने बताए । कस्टकर र मन भित्र दुख पिडा भए पनि यस्ता कार्य गरि सेवा प्रदान गर्न पाएकोमा आफुले आफुलाई निकै भाग्यमानी महशुस गरेको समेत बताए ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment