async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> प्रेमगीत ३ को सुटिङ युनिट मनाङमा । | यूनिक न्युज (UNIQUE NEWS)

प्रेमगीत ३ को सुटिङ युनिट मनाङमा ।

नेगम परियार
मंसिर २४ मनाङ

Image may contain: 1 person, riding on a horse, outdoor and nature

हिमालपारीको जिल्ला मनाङमा नयाँ बन्दै गरेको चलचित्र प्रेमगीत ३ को सुटिङ युनिटको टोली मनाङ आएका छन । चलचित्र प्रेमगीत सिक्वेल चलचित्र हो  प्रेमगीत ३ । नेपाली चलचित्र प्रेमगीत ३ को सुटिङ मनाङमा सुरु भैसकेको छ । मनाङ जिल्लाको उपर मनाङ स्थित तर हान्ने स्थानमा प्रेमगीत ३ को सुटिङ सुरु गरिएको छ । एक समारोह र लामा गुरु बाट पुजा आयोजना गरी नरिवल फोरेर उक्त चलचित्रको सुटिङको समुद्धघाटन गरिएको थियो ।


चलचित्रको उदघाटन समारोहमा उक्त गाउँपालिकाका अध्यक्ष कान्छा घले सोहि स्थानका वडा अध्यक्ष सोनाम गुरुङले क्ल्याप हान्ने काम गरेका थिए । उपर मनाङका होटल ब्यवसायी,पर्यटन ब्यवसायी,समाज सेवी तथा चलचित्र निर्माता बिनोद गुरुङले एक्सन र कट् का काम गरेका थिए ।

हिमपातको सिजन सुरु भएको अवस्थामा पनी चलचित्र प्रेमगीत ३ का कलाकारहरु नायक प्रदिप गड्का, नायिका कृस्टीना गुरुङ, बरिष्ट अभिनेता सुनिल थापा,माउन्से गुरुङ, लगायतका कलाकार मनाङको चिसोमा सुटिङमा ब्यस्त देखिएका थिए ।

नेपाली चलचित्र डमरुको डन्डीबियोका निर्देशन समेत गरिसकेका निर्देशक छेतेन गुरुङ र निर्माता सन्तोस सेन लगायतका टिमले मनाङमा चलचित्र प्रेमगीत ३ को सुटिङ भैरहेको पर्यटन ब्यवसायी बिनोद गुरुङले जानकारी दिए । गुरुङले भने यो चलचित्रले मनाङका मुख्य मुख्य स्थानहरुमा सुटिङ गरिने र यो चलचित्र मनाङ्गमा सुटिङ हुनु नै हामी मनाङबासीहरुको लागी ठुलो सौभाग्यको कुरा भएको बताए । गुरुङले भने यो चलचित्रले मनाङमा आन्तरिक तथा बाहिय पर्यटकमा समेत केहि थप पर्यटक भित्रयाउन टेवा पुराउने र पर्यटकहरुमा समेत यस चलचित्रले बृद्धि गराउन सक्ने बताए । साथै बिश्वसामु मनाङ चिनाउन चलचित्रहरुको ठुलो हात हुने भएकाले यस चलचित्रले मनाङलाई अझ परिचित बनाउने बिश्वास रहेको बताए ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment