async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> ब्रेकिङ न्युज ,मनाङमा जिप दुर्घटना हुदा चालकको मृत्यु । | यूनिक न्युज (UNIQUE NEWS)

ब्रेकिङ न्युज ,मनाङमा जिप दुर्घटना हुदा चालकको मृत्यु ।



नेगम परियार
असोज ७ मनाङ


मनाङमा जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मनाङ जिल्लाको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका वडा नं. २ घ्यारुमा ग १ ज ७२७८ नम्बरको जिप मंगलबार बिहान ९ः३० बज्जेको समयमा दुर्घटना भएको हो । 

जिप सडकबाट करिब २० मिटर तल खसेको छ । माथिल्लो मनाङबाट ङावल घ्यारु हुदै सदरमुकाम चामे तर्फ आउदै गरेको बोलेरो जिप घ्यारुमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । प्रहरीका अनुसार जिपमा ६ जना यात्रु रहेका थिए ।



सांगुरो सडक भएका कारण ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । उक्त जिपमा सवार यात्रु भने सकुसल रहेको र चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । 

उक्त जिप चालक मकवानपुर हेटौडा बस्ने २२ बर्षका बिशाल तामाङको घटना स्थलमै मृत्यु भएको र मृतक चालकको शव जिल्ला प्रहरी कार्यालय चामेबाट खटिएका प्रहरी द्धारा सदरमुकाम चामे जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।







https://manangkhabar.blogspot.com/2019/09/blog-post_77.html

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment