async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> बिजया दशमी , दिपावली तथा छठ पर्वमा हुन सक्ने अपराधिक कृयाकलाप न्युनिकरणको लागी मनाङ प्रहरीको जनचेतनामुलक कार्यक्रम । फोटो फिचर सहित | यूनिक न्युज (UNIQUE NEWS)

बिजया दशमी , दिपावली तथा छठ पर्वमा हुन सक्ने अपराधिक कृयाकलाप न्युनिकरणको लागी मनाङ प्रहरीको जनचेतनामुलक कार्यक्रम । फोटो फिचर सहित

नेगम परियार
असोज ८ मनाङ

हिमालपारीको जिल्ला मनाङका बिभिन्न स्थानमा नेपाल प्रहरी द्धारा नजिकिदै गरेको बिजया दशमी , शुभ दिपावली र छठ पर्वको अवसरमा हुन सक्ने अपराधिक कृयाकलापक न्युनिकरणको लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरीएको छ । असोज ८ गते मात्र नेपाल प्रहरी मनाङले मनाङ जिल्लाको सदरमुकाम चामे लगाएत बिभिन्न स्थानमा नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी चाड पर्वमा हुन सक्ने अपराधिक कृयाकलाप सम्बन्धीत जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । 


 बिजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा सुरक्षा सम्बन्धी जनचेतना मुलक ¥याली , पर्चा बितरण एवं टाँस कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय चामे मनाङले जनाएको छ । बुधबार एक कार्यक्रमका साथ नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी चाड पर्वमा हुन सक्ने अपराधिक कृयाकलाप सम्बन्धीत जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो  । 


सदरमुकाम चामे गाउँपालिका वडा नं. ४ स्थित नमस्ते गेट बाट चामे बजार परिकर्मा गरी चाडपर्व सुरक्षा सम्बन्धी बिभिन्न स्थानमा पर्चा वितरण तथा टाँस गरेको हो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षण श्रवण कुमार बि.क.को अध्यक्षतामा सञ्चालन गरिएको हो । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घले प्रमुख अतिथी र बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल , राष्ट्रिय अनुसन्धान प्रमुख प्रचण्ड डंगोल , स्थानीयबासी, आमा समुह,युवा क्लबका प्रतिनिधिहरुको उपस्थिीतीमा कार्यक्रम गरिएको हो । 


चाडपर्व विजया दशमी, दिपावली तथा छठ, पर्वको उपलक्ष्यमा सम्पुर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभ(कामना व्यक्त गर्दै चाडपर्वको समयमा हुन सक्ने चोरी डकैति लागयत अन्य अपराधिक गतिविधी नियन्त्रण गरी सुरक्षित, सर्वसाधरणले अपनाउनु पर्ने सावधानिहरुवारेमा जानकारी गराउदै  पर्चा पम्प्लेट वितरण, टास गरी छलफल तथा अन्तरकृया कार्यक्रम गरिएको थियो ।




SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment