async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> पुतलीबजारका गर्भवतीलाई निशुल्क क्याल्सीयम | यूनिक न्युज (UNIQUE NEWS)

पुतलीबजारका गर्भवतीलाई निशुल्क क्याल्सीयम

रोशन लामिछाने
स्याङ्जा, २८ कात्तिक

women calcume imageको लागि तस्बिर परिणाम

पुतलीबजार नगरपालिको कार्यालय स्याङजाले पालिका भित्र रहेका गर्भवतीलाई क्याल्सीयम वितरण गर्ने र जेष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रम शुरु गर्ने भएको छ । पुतलीबजार नगरपालिकाले गर्भवतीहरुलाई निशुल्क क्याल्सीयम र जेष्ठ नागरिकलाई घरघरमा गएर सेवा प्रदान गर्न लागेको हो । 

पुतलीबजार नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख सिमा क्षेत्रीले पालिकाले रचनात्मक कार्यको शुरु गरेकाले कार्यक्रम सफल बनाउन सवैले सहयोग गर्नेपर्ने बताईन् । क्षेत्रीले सवैको सुझाव अनुसार कार्यक्रमहरु संचालन गरिने जानकारी दिईन् । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर मल्ल र १४ नम्बरका वडा अध्यक्ष शेषराज ढकाल लगायतले गर्भवती महिला र बच्चाको स्वास्थ्य राम्रो बनाउन क्याल्सीयमको प्रयोग गर्नुपर्ने बताए । क्याल्सीयमको प्रयोगले कमजोर महिलाहरुलाई उर्जा प्रदान गर्ने उनीहरुको तर्क रहेको थियो । 

सोही क्रममा मेडिकल अफीसर सुनिल ढुंगानाले गर्भवतीहरुले किन क्याल्सीयम प्रयोग गर्ने, क्याल्सीयमबाट हुने फाईदाहरु र क्याल्सीयम कमी हुदा हुने असरहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने पव्लीक हेल्थ अफिसर सुष्मा सेनले गर्भवतीको रेखदेख कसरी गर्नेबारे कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।  


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment