नेगम परियार
कार्तिक २८ मनाङ
नेपाली सेना रणदल गुल्म मनाङले गत बिहिबार मनाङमा स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । नेपाली सेना रणदल गुल्म मनाङ र जिल्ला अस्पताल चामे मनाङको सयुक्त आयोजनामा स्वास्थ्य शिबिर सञ्चालन गरेको हो । स्वास्थ्य शिबिर जिल्लाको नासोँ गाउँपालिका वडा नं. ५ थोँचेमा सञ्चालन गरेको थियो ।
नेपाली सेना रणदल गुल्म मनाङले कोहिकसै पनि स्वास्थ्य समस्याबाट बञ्चित नहोस र स्वस्थ्य परिक्षणबाट घर गाउँमै स्वास्य परिक्षण गराउने उदेश्यले स्वास्थ्य शिबिर सञ्चालन गरेको नेपाली सेना रणदल गुल्म मनाङका गुल्मपति तथा सेनानी दिनेश कुमार खड्काले बताए ।
उक्त एक दिने शिबिरमा नासोँ गाउँपालिकाका थोँचे,धारापानी,बगरछाप,तिल्चे लगायतका गाउँहरुलाई मध्य नजर गर्दै नासोँ गाउँपालिका ५ थोँचे स्वास्थ्य चौकीको भवनमा सञ्चालन गरेको हो । शिबिरमा २२६ जनाले स्वस्थ्य परिक्षण गराएका थिए । जस मध्ये महिला ९५ जना , पुरुष ७५ जना , बिद्यार्थी ५९ जना र बिदेशी पर्यटकहरु ७ जना गरी २२६ जनाले स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी समेत लिएको खडकाले बताए ।
नेपाली सेनाले गरेको एक दिने स्वास्थ्य शिबिरमा बरिष्ठ डाक्टरहरु जिल्ला अस्पताल चामे मनाङका डा. प्रतिक न्यौपाने, र हिमालय फेमेली हेल्थ केएर मनाङका डा. हिमाल पन्थले बिरामीहरुको चेकजाच गरेका थिए ।
बिरामीहरुलाई शिबिरबाटै निशुल्क औषधी समेत बितरण गरिएको थियो ।नेपाली सेना मुख्य आयोजक रहेको एक दिने स्वास्थ्य शिबिर कार्यक्रममा जिल्ला अस्पताल चामे मनाङका डा= प्रतिक न्यौपानेले आज भोली सर्ने रोग बाट भन्दा पनि नसर्ने रोगहरुबाट मानिस बढी ग्रसित हुने गरेको बताए ।
बिशेष गरी खानपान राम्रो नहुनाले,शारिरिक ब्याममा कमी,धुम्रपान मध्यपान सेवन लगायत तनाब जस्ता समस्याले आजभोलीका मानिस बढी प्रभाबित हुने गरेको र यसबाट बच्ने तरिकाहरुको बारेमा प्रस्ट पारेको थिय ।
शिबिरमा नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले स्थानिय स्तरमै यस्तो प्रभाबकारी स्वास्थ्य शिबिर आउदा समेत स्थानियबासीहरुको उपस्थिती कम भएकोमा दुख ब्यक्त गरेका थिए ,घलेले हाम्रो घर दैलोमै हाम्रो स्वास्थ्यलाई मध्यनजर गरी शिबिर सञ्चालन हुदा हामी स्थानियबासीहरुले सक्दो फाईदा लिनुका साथै सहयोग गर्नु पर्ने बताएका थिए ।
नेपाली सेना रणदल गुल्म मनाङका गुल्मपति तथा सेनानी दिनेश कुमार खड्काले स्थानियहरुको माग अनुसार जस्तो सुकै समय र स्थानमा नेपाली सेनाले स्वास्थ्य शिबिर लगायतका कुनै पनि काम गर्न तयार रहेको समेत बताएका थिए ।
0 comments:
Post a Comment
Thankyou for comment