async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङमा एउटै वडामा पन्ध्र सय गाँजाको बोट नस्ट । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङमा एउटै वडामा पन्ध्र सय गाँजाको बोट नस्ट ।

नेगम परियार
असार ६ मनाङ

लागु औषध ओसारपोसार दुरुपयोग तथा बिरुद्घको अन्तराष्ट्रिय दिबश साप्ताहिक कार्यक्रम मनाउने क्रममा गत शुक्रबार मनाङमागाँजा फडानी गर्दै सुरक्षाकर्मी लगायत अन्य ।


हिमाली जिल्ला मनाङमा जिल्ला प्रहरी लगायतले गाजाँ फडानी गरेको छ । समृद्घ राष्ट्र निर्माणको लागी लागुऔषध रहित स्वास्थ जीबन भन्ने मुल नाराका साथ लागु औषध दुरुप्रयोग तथा ओसारपोसार बिरुद्घ अन्तराष्ट्रिय दिबश सप्ताहा ब्यापी कार्यक्रम असार ५ गते देखि ११ गते सम्म मनाउने क्रममा गत शुक्रबार गाँजा फडानी गरिएको हो । गत शुक्रबार बिहान करिब २ घण्टा गाजा फडानी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देबकोटाले बताए ।


लागु औषध ओसारपोसार दुरुपयोग तथा बिरुद्घको अन्तराष्ट्रिय दिबश साप्ताहिक कार्यक्रम मनाउने क्रममा गत शुक्रबार मनाङमागाँजा फडानी गर्दै सुरक्षाकर्मी लगायत अन्य ।

जिल्ला प्रशासन कार्यालय चामे मनाङको आयोजना र जिल्ला प्रहरी कार्यालय चामे मनाङ र सशस्त्र प्रहरी बल ३२ नं. रणदल गुल्म चामे मनाङको सह आयोजकमा  लागु औषध ओसारपोसार दुरुपयोग तथा बिरुद्घको अन्तराष्ट्रिय दिबश साप्ताहिक कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रम गाँजा फडानी गरि सुरुवात गरिएको छ यो कार्यक्रम साप्ताहिकरुपमा हुने भएकाले यस्तै यस्तै अन्य कार्यहरु पनि हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ. टिका बहादुर कार्कीले बताए ।

 प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देबकोटाको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा ब्यबस्थापन जिल्ला प्रहरी कार्यालय चामे मनाङ तथा शसस्त्र प्रहरी बल नेपाल ३२ नं. रणदल गुल्म मनाङ सहित अन्य सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिहरु तथा राजनितिक दलका प्रतिनिधिहरु ,गाउँपालिकाका प्रमुखहरु लगायत सुरक्षाकर्मीहरु र स्थानियहरुको सहकार्यमा गाँजा फडानी कार्य गरेको  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ. टिका बहादुर कार्कीले बताए ।

लागु औषध ओसारपोसार दुरुपयोग तथा बिरुद्घको अन्तराष्ट्रिय दिबश साप्ताहिक कार्यक्रम मनाउने क्रममा गत शुक्रबार मनाङमागाँजा फडानी गर्दै सुरक्षाकर्मी लगायत अन्य ।


सोहि दिन मात्र मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका वडा नं. ५ स्थित सर्बजानीक सडक तथा जग्गाहरुमा आफै उम्रिएको करिब १५०० गाँजाको बोटहरु नस्ट गरेको हो । लागु औषध ओसारपोसार दुरुपयोग तथा बिरुद्घको अन्तराष्ट्रिय दिबशको अवशरमा मात्र नभई जिल्ला प्रहरी कार्यालय चामे मनाङको टिमले अन्य समयमा पनि यस्ता कार्यहरुलाई तिब्रता दिदै आएको समेत कार्कीले बताए । 
लागु औषध ओसारपोसार दुरुपयोग तथा बिरुद्घको अन्तराष्ट्रिय दिबश साप्ताहिक कार्यक्रम मनाउने क्रममा गत शुक्रबार मनाङमागाँजा फडानी गर्दै सुरक्षाकर्मी लगायत अन्य ।


कार्कीका अनुसार मनाङ जिल्लामा बारैमासा खेतीपाती नहुने भएकोले र बसोबास र खेतीपाती गर्ने जमिन अलि टाढा हुने भएकोले खेत बारीमा आफै यस्ता गाँजाको बोटहरु उम्रने गरेको र सोहि गाँजाको बोटहरु युवा यूवतीहरुले प्रयोग गर्ने गरेको पाईएकोले यस्ता गाँजाको बोटहरु प्रहरीको पहुच पुग्ने स्थानहरुमा बर्षेनी नस्ट गर्दै लागुपदार्थ तथा गाँजा जन्य बस्तुहरु प्रति कडा निगरानीको साथै सुचनामुलक र सन्देशमुलक कार्यक्रमहरु जिल्ला भित्र गर्दै आएको बताए ।


तस्बिर : जिल्ला प्रहरी कार्यालय चामे मनाङ


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 comments:

Thankyou for comment