श्रावण १२ मनाङ
प्रहरी तथा स्थानियबासी जन प्रतिनिधिहरुबाट गाजाँ फडानी तथा नष्ट पार्दै । |
हिमालपारीको जिल्ला मनाङका बिभिन्न स्थानहरुमा जिल्ला प्रहरी कार्यालय चामे मनाङको नेतृत्वमा लागु औषध तथा लागुपदार्थ जन्य बस्तुको नष्ट तथा फडानी गर्दै आएको छ ।
प्रहरी तथा स्थानियबासी जन प्रतिनिधिहरुबाट गाजाँ फडानी तथा नष्ट पार्दै । |
मनाङ जिल्लामा मुख्य गरी सार्बजनिक स्थानमा आफै उम्रने गरेको गाजाँको बोटहरु नै यस जिल्लाको मुख्य लागु औषधको रुपमा देखा परेको हो । जिल्ला भित्र श्रावण १ गते बाट निरन्तर गाजाँ नष्ट तथा फडानी कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
प्रहरी तथा स्थानियबासी जन प्रतिनिधिहरुबाट गाजाँ फडानी तथा नष्ट पार्दै । |
सोहि अनुरुप गत आईतबार १२ गते पनि जिल्ला प्रहरी कार्यालय चामे मनाङको समुदाय प्रहरी साझेदारी अवधारणा कार्यान्वयनको क्रममा सिमाना प्रहरी चौकी क्युपार मनाङका प्रहरी सहायक निरिक्षक दिवाकर सुवेदीको कमाण्डमा खटिएको ९ जना प्रहरी जवान सहित र चामे गाउँपालिका वडा नं. ३ कोतोका वडा अध्यक्ष राजु लामाको नेतृतवमा आमा समुह लगाएत ७ जना गरी जम्मा १६ जनाको सहभागितामा चामे गाउँपालिका वडा नं. ३ क्युपार एरियामा प्राकृतिक रुपमा आफै उम्रिएको करिब १ कुन्टल अर्था १५ सय गाजाँको बोट फडानी गरी नष्ट गरिएको सिमाना प्रहरी चौकी कोतोका प्रहरी सहायक निरिक्षक दिवाकर सुवेदीले बताए ।
प्रहरी तथा स्थानियबासी जन प्रतिनिधिहरुबाट गाजाँ फडानी तथा नष्ट पार्दै । |
0 comments:
Post a Comment
Thankyou for comment