async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङको एक बिद्यालयमा पूर्व राज्यमन्त्री र संघीय सांसदको सहयोग । फोटो फिचर सहित । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङको एक बिद्यालयमा पूर्व राज्यमन्त्री र संघीय सांसदको सहयोग । फोटो फिचर सहित ।

नेगम परियार
श्रावण १२ मनाङ



हिमालपारीको जिल्ला मनाङको तल्लो भेग अर्थात नासोँ गाउँपालिकाको एक बिद्यालयलाई पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङ र संघीय सांसद कर्मा घलेद्धारा सहयोग सामाग्री उपलब्ध गराईएको हो ।


 सो समाग्रीहरु नासोँ गाउँपालिकाको  आयोजना श्री प्रकाश ज्योति आवाशिय माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई  एक कार्यक्रमको समारोहमा वितरण गरिएको बिद्यालयका प्रध्यानाध्यापक पदम राज पन्थीले  बताए ।


 नासोँ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष छिरिङ ग्याल्पो पुनेलको अध्यक्षतामा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथी नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले पूर्व राज्यमन्त्री  टेक बहादुर गुरुङ द्धारा पठाईएको मोजा सहितको जुत्ता,स्पोर्टस् ट्रयाकसुट सेट र संघीय सांसद कर्मा घलेले प्रदान गरेको बिद्यालय पोशाक सेट १ सय ६५ जना छात्रछात्राहरुलाई  वितरण गरिएको बिद्यालयका प्रध्यानाध्यापक पदम राज पन्थीले बताए ।


स्पोर्टस ट्रयाकसुट सेट तथा बिद्यालय पोशाक वितरण गर्दै कार्यक्रमका प्रमुद अतिथि गाउँपालिकाका अध्यक्ष चन्द्र घलले स्थानीय तहका बिद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न आफुहरुले जिउज्यान लगाएर लागी परेको बताए ।



 नासोँ गाउँपालिका भित्रका बिद्यालयहरुको आर्थिक अवस्था कमजोर भएका र भौगौलिक दुरीले बिद्यालयहरुबाट टाढा रहेका बालबालिकाहरुलाई आवाशीय सुबिधा सहित अध्यन गर्न शुरु गरिएता बिद्याथीहरुको शैक्षिक गुणस्तरमा समेत सुधार आएको महशुस गरिएको घलेले बताए । 
घलेले जुन किसिमको राजनितिक दलका प्रतिनिधिहरुबाट यसरी सहयोग र साथ पाउदा बिद्यालयलाई लगाएत बिद्यार्थी बालबालिकाहरुलाई अध्यनमा समेत हौसला प्रदान हुने समेत बताए ।


सहयोग सामाग्री वितरणको समारोहको अतिथिी सहभागी नेपाली कांग्रेस मनाङका सचिब बिनोद गुरुङले “धन भएका धनी जति भए पनि मन भएका धनी पाउन मुस्किल भएको ” आजको युगमा राजनितिदलका प्रतिनिधिहरुबाट जसरी सहयोग मिलेको छ त्यो निकै नै सहानीय भएको बताए । 


समारोहका अतिथी नासोँ गाउँपालिकाका वाठा नं. ७ का अध्यक्ष धनबहादुर गुरुङले अभिभावकलाई समेत ठुलो योगदान पुगेको बताएका थिए भने सहयोगी दुबै जनालाइ बिशेष धन्यबाद समेत प्रकट गरेका थिए । 


सो समारोहमा सहयोगी पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ र संघीय सांसद कर्मा घले दुबै जनालाई बिद्यालयको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको बिद्यालयका प्र.अ.पन्थीले बताए । सो समारोहमा ११ औँ राष्ट्रपति रनिङसिल्डमा सहभागी भएका बिभिन्न बिधाका पदक बिजेता बिद्यार्थीहरुलाई सम्मान तथा प्रशंसा पत्र वितरण गरिएिको थियो ।



तस्बिर : बिनोद गुरुङ
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment