सबै नेपालीले हेर्नै पर्ने मुस्ताङको यो भिडियो । भिडिया सुन्दर कुमार थकाल...
https://youtu.be/qTfdeiEGppM
हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका –२ छेङ्गुरका किसान दम्पती गमबहादुर गुरुङ र उनकी श्रीमती टसी गुरुङले छेङ्गुर गाउमा करिव १० रोपनी निजी जग्गामा मुक्तिनाथ अर्गानिक तरकारी फर्म संञ्चालन गर्दै आईरहेका छन् । २०७४ सालमा तरकारी खेती सुरु गरेका गुरुङ दम्पतीले आयआर्जनका लागि विदेशी नपर्ने बताए । जोमसोमलाई मुख्य बजारिकणको केन्द्र बनाएर तरकारी फर्म सुरु गरेका उनीहरुले सबै खर्च कटाएर वार्षिक ७ लाख सम्म आम्दानी हुने बताए । उनको तरकारी जोमसोम ,मुक्तिनाथ र कागबेनीमा खपत हुन्छ । प्रस्तुत छ मुक्तिनाथ अर्गानिक फर्मको संक्षिप्त भिडियो ।
प्रस्तुती ःसुन्दरकुमार थकाली ,जोमसोम मुस्ताङ ।
0 comments:
Post a Comment
Thankyou for comment