async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> हिमालपारी मनाङमा पनि फेरीयो जनैँ । फोटो फिचर सहित । | यूनिक न्युज (UNIQUE NEWS)

हिमालपारी मनाङमा पनि फेरीयो जनैँ । फोटो फिचर सहित ।

नेगम परियार
श्रावण ३० मनाङ


हिमालपारीको जिल्ला मनाङमा पनि आज जनैँ फेरिएको छ । आज परेको जनैँ पुर्णिमा तथा रक्षा बन्धन साथै क्वाटी खाने दिनको अवसरमा हिमालपारीको जिल्लामा जनैँपुर्णिमाको अवसरमा पण्डितबाट जनैँ फेर्ने तथा रक्षा बन्धन अर्थात राखी बाधिएको हो । मनाङमा पनि दिदि बहिनीले दाजुभाईलाई हातमा रक्षा बन्धन बाधिएको छ भने जात तथा धर्म सस्कार अनुसार जनैँ फेर्ने तथा हातमा रक्षाबन्धन ,राखी बाधिएको हो ।
  

जनैँ पुर्णिमा पर्बको अवसरमा मनाङ जिल्लाको रणदल गुल्ममा भब्यताका साथ जनैँ फेर्ने तथा हातमा राखी बाध्ने कार्यक्रम गरेको गुल्मले जनाएको छ । गुल्ममा गुल्म भित्रका र बाहिरका अन्य स्थानिय तथा कर्मचारीहरुले  सहभागीता जनाई जर्नै फेरेको र हातमा रक्षा बन्धन,राखी बाध्र्ने कार्यक्रम गरिएको  गुल्मले जनाएको छ ।


त्यस्तै जिल्ला प्रहरी कार्यालय चामे मनाङको कार्यालयमा पनि प्रहरी जवान तथा कर्मचारी स्थानीय लगायतले जनैँ फेर्नुको साथै हातमा राखी , रक्षाबन्धन बाधिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङ प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।

मनाङ जिल्लाको सदरमुकाम लायत अन्य स्थानहरुमा आज रक्षा बन्धन तथा जनैँ पुर्णिमा मनाईएको छ । सदरमुकाम स्थित आर्मी ब्यारेक ,जिल्ला प्रहरी कार्यालय , शसस्त्र बल गण लगायतका स्थानहरुमा बिहानै देखि जनैँपुर्णिमा तथा रक्षा बन्धन  बाध्न आउने स्थानीय तथा कर्मचारीहरुको भिडभाड देखिएको थियो  ।

हिमालपारीको जिल्ला मनाङमा जनैँपुर्णिमा तथा रक्षाबन्धन सबैले आ आफनो परम्परा तथा जाती धर्म अनुसार पण्डितको हातबाट रक्षा बन्धन , राखी बधिएको र जनैँ फेरिएको छ ।


यज्ञ–अनुष्ठान पुरा भए पछि सर्वप्रथम गणेशलाई रक्षाशुत्र चढाएरमात्र रक्षाबन्धन गरिन्छ । यसबा्ट यजमानको ठुलो कल्याण हुन्छ र भुतप्रेत आदिले छुन सक्दैनन् भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यसैले यजमानको हालमा ब्राम्णले निम्न मन्त्र भन्दै रक्षाबन्धन बाधीदिन्छन् । जस मध्ये नेपाली उथान गर्दा मन्त्र यस्तो छ । “ जुन सत्यले दानबश्रेष्ठ महाबलवान बलिराज बाधिए त्यहि सत्यले तिमिलाई पनि नियन्त्रण गर्दछु , हे रक्षाशुत्र तिमि द्दण होउ , ब्रम्हा बिष्णु र महेश्वरले रदा रक्षाको पनि रक्षा गरुनु ” भन्ने भनाई छ । 


साथै हिमालपारीको जिल्ला मनाङमा जाती तथा धर्म सस्कार अनुसार सबैले जनैँपुर्णिमा तथा रक्षा बन्धन मनाईएको छ । साथै आज रक्षाबन्धन अर्थात राखी र क्वाटी खाने पनि चालन रहेकोले बजारमा क्वाटी खानको लागी आवश्यक सामाग्रीहरुको खपत भएको स्थानीय ब्यापारी धिरज जैसवालले बताए ।

साथै आजको दिन मनाङ जिल्लाको सदरमुकाम चामे स्पिथत रहेको तातोपानी कुण्डमा स्नान गर्नेहरुको बिहानै ४ बज्जे देखि नै भक्तजनहरुको भिडभाड रहेको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी जवान भोजु रुचालले बताए ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment