श्रावण ३० मनाङ
हिमाली जिल्ला मनाङको सदरमुकाम चामे स्थित चामे गाउँपालिका वडा नं. ४ बजार स्थित सामुदायिक सेवा केन्द्रको भवन निस्कृय भएको छ । गत बिहिबार बसेको बैठक तथा अन्र्तकृया कार्यक्रम गरी भवन पुन सकृय बनाउन सबैले सुझाब ब्यक्त गरेका छन । सामुदायिक सेवा केन्द्रको भवनमा गत बिहिबार केन्द्रका उपाध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठक तथा अन्र्तकृया कार्यक्रममा भवनको पुन सकृय गरी काम अगाडी बढाउन सबैले सुझाब समेत दिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङ प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
गत बिहिबार समुदाय प्रहरी साझेदारी अन्र्तगतको कार्यक्रममा चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले लगाएत अन्य केन्द्रसंग सम्बन्धीत पदाधिकारीहरुको उपस्थितीमा सामुदायिक सेवा केन्द्रको भवनलाई नविकरण गरी सकृय गराउनु पर्ने उपस्थित सबैले राय ब्यक्त गरेको थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्की प्रहरी निरिक्षक प्रकाश भुषाल चामे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कैले गुरुङ आमा समुह तथा पूर्व प्र.क. समेतको उपस्थित रहेको थियो ।
0 comments:
Post a Comment
Thankyou for comment