नेगम परियार
साउन १९ मनाङ
हिमालपारीको जिल्ला मनाङको जिल्ला प्रहरी कार्यालय चामे मनाङले आईतबार गरेको नागरिक सुुनुवाई कार्यक्रम गरेको छ । उक्त नागरिक सुनुवाई कार्यक्रममा बोल्नुहुदै मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देबकोटाले सबैको साथ र सहयोगले प्रहरी सेवामा टेवा पुग्ने बताएका छन ।
आईतबार मनाङ जिल्लाको सदरमुकाम चामेमा चामे आमा समुहको भवनमा सञ्चालन गरिएको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै सबैको साथ र सहयोगले प्रहरी सेवामा टेवा मिल्छ भनेका हुन । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्की रहेका थिए भने चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले प्रमुख अतिथी र कार्यक्रमको बिशेष अतिथीमा प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देबकोटा रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय चामे मनाङको बार्षिक कार्यक्रम अनुसार गरिएको नागरिक सुनुवाई कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका पदाधिकारी लगाएत स्थानीयबासीहरुले प्रहरी सेवा तथा प्रहरी प्रति गुनासाहरु राखेका थिए ।
कार्यक्रममा उठेका प्रश्नमाथी जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले प्रकाश पारेका थिए । समर्गमा मनाङ जिल्ला भित्रको प्रहरी सेवा सन्तोष जनक नै भएको स्थानीयबासीहरुले बताएका थिए । बिशेष गरी कार्यक्रममा ट्राफिक ब्यबस्था ,सवारी साधको लापारबाहि,पर्यटक सुरक्षा, बिपद ब्यबस्थापन, सवारी दुर्घटना न्युनिकरण,अपराधिक घटनाको सूचना, चामे तिमाङमा अस्थायी प्रहरी चौकी स्थापना लगाएतका कुराहरु कार्यक्रममा सहभागीहरुबाट उठान भएको थियो ।
सो अवसरमा बोल्दै चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले प्रहरी सेवा प्रति सकारात्मक भएको बताएका थिए भने प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले स्थानीयबासी,कर्मचारी,राजनिति दलका प्रतिनिधिहरु,समाज सेवीहरु सबैले सुचना तथा सहकार्य गर्नु पर्ने बताएका थिए ।
0 comments:
Post a Comment
Thankyou for comment