नेगम परियार
भाद्र १३ मनाङ्ग
समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्यटक सुरक्षा गस्ती गर्न अन्नपुर्ण पैदलमार्ग अन्र्तगत मनाङ र मुस्ताङको सिमा क्षेत्र थोरङ्गलापासमा पुगेका सुरक्षाकर्मीहरुसंगै पर्यटकहरु । |
हिमालपारीको जिल्ला मनाङमा पर्यटक सुरक्षासंग सम्बन्धीत कुराहरुलाई मध्यनजर दिदै जिल्ला प्रहरी कार्यालय चामे मनाङले प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पहिलो पटक अन्नपुर्ण पैदलमार्ग अन्र्तगत मनाङ र मुस्ताङको सिमा क्षेत्र थोरङ्गला सम्म गस्ती गरेको छ ।
गत भाद्र ९ गते बाट जिल्ला प्रहरी कार्यालय चामे मनाङको पर्यटक सुरक्षालाई ध्यानमा राखी जिल्लाका प्रहरी पहिलो पटक अन्नपुर्ण पैदलमार्ग अन्र्तगतको सिमा क्षेत्र थोरङ्गला सम्म पुगेको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्यटक सुरक्षा गस्ती गर्न अन्नपुर्ण पैदलमार्ग अन्र्तगत मनाङ र मुस्ताङको सिमा क्षेत्र थोरङ्गलापासमा पुगेका सुरक्षाकर्मीहरुसंगै पर्यटकहरु । |
ग्रामिण पर्यटकिय सामुदायिक गस्ती कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब निरिक्षक सबिन भण्डारीको कमाण्डमा पर्यटक मार्ग अन्नपुर्ण पैदल मार्ग अन्र्तगत सिमा क्षेत्र थोरङ्गलापास सम्म पुग्न सफल भएको भण्डारीले बताए ।
भण्डारी लगायत पर्यटक प्रहरी क्युपार गरी ४ जनाको टोली सिमा क्षेत्र थोरङ्गला सम्म गस्ती पुगेको हो । मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ८ स्थित याक खर्क, वेसक्याम,हाईक्याम हुदै थोरङ्गला पाससम्म गस्ती गरी स्थानिय जनप्रतिनिधि, पर्यटक तथा होटल ब्यवसायी,अन्नपुर्ण संरक्षण क्षेत्र परियोजना कार्यालयका प्रतिनिधी, पर्यटक तथा र ए.सी.ए.पि. का पदाधिकारीसंग शान्क्ति सुरक्षाको बिषयमा जानकारी लिई गस्तीका क्रममा समय समयमा ग्रामिण गस्ती हुनु पर्ने प्रहरी , पर्यटक ब्यवसायी,होटल ब्यवसायी, ए.सी.ए.पि. प्रतिनिधिहरुको संयुक्त गस्ती हुदा अझ प्रभावकारी हुने सुझाब प्राप्त भएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले जानकारी दिए ।
बिशेष गरी पर्यटकिय जिल्ला मनाङ साथै यसै जिल्ला अन्र्तगत पर्ने बिश्वकै प्रशिद्ध अन्नपुर्ण पैदलमार्ग अन्र्तगत पैदलमार्गमा आउने पर्यटकहरुको अवस्था बुझन तथा पर्यटकहरुको सुरक्षा के कस्तो छ भन्ने बुझनकै लागी यो गस्तीको सुरुवात गरिएको कार्कीले बताए । कार्कीले भने यो कार्यक्रम सफल भएको र स्थानीय तथा पर्यटकहरुले सकारात्मक रहेको बताएकाले यो पर्यटक सुरक्षा गस्तीको कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए ।
समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्यटक सुरक्षा गस्ती गर्न अन्नपुर्ण पैदलमार्ग अन्र्तगत मनाङ र मुस्ताङको सिमा क्षेत्र थोरङ्गलापासमा पुगेका सुरक्षाकर्मीहरुसंगै पर्यटकहरु । |
गत भाद्र ९ गते पर्यटक सुरक्षा गस्तीका लागी निस्कीएको गस्ती टोली आज भाद्र १३ गते शुक्रबार मात्र सदरमुकाम चामे स्थित जिल्ला प्रहरी कार्यालयमा सफतापुर्वक फर्किएको जिल्ला प्रहरी कार्यालय चामे मनाङले जनाएको छ ।
तस्बिर : जिल्ला प्रहरी कार्यालय चामे मनाङ
समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्यटक सुरक्षा गस्ती गर्न अन्नपुर्ण पैदलमार्ग अन्र्तगत मनाङ र मुस्ताङको सिमा क्षेत्र थोरङ्गलापासमा पुगेका सुरक्षाकर्मीहरुसंगै पर्यटकहरु । |
0 comments:
Post a Comment
Thankyou for comment