async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङमा अपराध र कुलतको अन्त्यका लागी खेलकुद । फोटो फिचर सहित । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङमा अपराध र कुलतको अन्त्यका लागी खेलकुद । फोटो फिचर सहित ।

नेगम परियार
भाद्र १५ मनाङ

Image may contain: 4 people, people smiling, outdoor

हिमाली जिल्ला मनाङमा अपराध र कुलत अन्त्यका लागी युवाहरुमा खेलकुद कार्यक्रम सञ्चाल गरिएको छ । अपराध र कुलतको अन्त्यको लागी खेलकुद कार्यक्रम अन्र्तगत खुल्ला टेबल टेनिस प्रतियोगिता सञ्चालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय चामे मनाङको आयोजनामा आईतबार बाट शुरु गरिएको खुल्ला टेबल टेनिस प्रतियोगिताको समुदघाटन गरिएको हो । 

Image may contain: 2 people, outdoor

युवाहरु लागु औषध तथा अपराध र कुलतमा फसीरहेकोले युवाहरुलाई खेलकुदमा ल्याई बेस्त बनाई अपराध र कुलतको अन्त्य बनाउन सहयोग पुराउने उदेश्यले खुल्ला टेबलटेनिस प्रतियोगीता गरिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए । 

Image may contain: 4 people, people standing and outdoor

जिल्ला प्रहरी कार्यालय चामे मनाङको प्राङगणमा सञ्चालित खेलमा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीको अध्यक्षतामा खुल्ला टेबल टेनिस खेलको समुदघाटन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी मनाङका पुष्पराज पौडेल प्रमुख अतिथी रहेका थिए । खेलको समुदघाटन कार्यक्रममा मनाङ खेलकुद बिकास समितिका प्रमुख दुत बहादुर गुरुङ चामे गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष कैले गुरुङ , नेपाल प्रहरी र चामे युवा क्लब,खेलाडीहरुको उपस्थिती रहेको थियो ।

Image may contain: 3 people, people standing, child, table and outdoor

खुल्ला टेबल टेनिस प्रतियोगीतामा खेलको समुदघाटन प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल , चामे गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष कैले गुरुङले  टेबलटेनिस खेलेर खेलको उदघाटन गरेका थिए ।




तस्बिर जिल्ला प्रहरी कार्यालय चामे मनाङ

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment