async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> पुन हुम्दे बिमानस्थलमा सफल हवाईजहाज परिक्षण , असोज १० गतेबाट नियमित उडान गरिने । | यूनिक न्युज (UNIQUE NEWS)

पुन हुम्दे बिमानस्थलमा सफल हवाईजहाज परिक्षण , असोज १० गतेबाट नियमित उडान गरिने ।

नेगम परियार
भाद्र २७ मनाङ

                     गत शुक्रबार मनाङको हुम्दे बिमान स्थलमा पुन समिट एयरले सफल परिक्षण उडान गरेको छ । 


हिमालपारीको जिल्ला मनाङको एकमात्र बिमान स्थल बिगत ६ बर्ष देखि बन्द रहेको थियो । गत शुक्रबार पुन हुम्दे बिमानस्थलमा सफल हवाईजहाज परिक्षण गरिएको छ ।  मनाङ जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देमा रहेको बिमानस्थलमा लम्जुङ र मनाङ सिधा सवारी साधन चल्ने सडकमार्ग सञ्चालनमा आए पछि उक्त बिमानस्थल बन्द रहेको थियो । गत शुक्रबार गण्डकी प्रदेश सरकारको पहलमा पुन परिक्षण गरिएको र परिक्षण सफल भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख टिकाबहादुर कार्कीले जानकारी दिए ।


पुन परिक्षणमा समिट एयरले उडान गरेको थियो । उडानमा पोखराबाट गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सब्बा गुरुङ,उद्योग पर्यटन बन तथा वातावरण मन्त्री बिकास लम्साल,मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ, प्रदेशका प्रमुख सचिब हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख डि.आई.जी. बिनोद शर्मा गरी १५ जना पोखराबाट उडान गरि मनाङको हुम्दे बिमानस्थलमा सफल अवतरण गरेको कार्कीले बताए ।

कार्कीका अनुसार उद्योग पर्यटन बन तथा वातावरण मन्त्री बिकास लम्सालले नियमित उडानका लागी शुक्रबार परिक्षण गरेको बताएका र अन्तराष्ट्रिय पर्यटन दिवस असोज १० गते बाट पोखरा– मनाङ सिधा उडानको तयारी गरिएको कार्कीले उध्रित गर्दै जानकारी दिए । २०७० साल देखि बन्द हुम्दे बिमानस्थल गत शुक्रबार पुन सफल परिक्षण गरेको हो । कालोपत्रे भएको २ बर्ष पछि तारा एयरको डोर्नियर जहाजले परिक्षण उडान गरेको थियो तर उडान निरन्तरता दिन नसके पछि हुम्दे बिमानस्थल बन्द रहेको थियो । 



निरन्तर उडान परिक्षण गर्दापनि निरन्तरता पाउन नसकेको मनाङको हुम्दे बिमानस्थल पछिल्लो पटक असार २० गते र त्यस अघि पौष २४ गते पुन जहाज परिक्षण गरिने भनिएकोमा त्यस समयमा पनि मौषमका कारण सफल हुन सकेको थिएन । हवाईजहाजबाट मनाङ–पोखराको यात्राको दुरी मात्र २५ मिनेट लाग्ने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए ।

मनाङको हुम्दे बिमानस्थल समुन्द्री सतहबाट ३ हजार ३ सय ३० मिटरको उचाईमा रहेको बिमानस्थल २०३९ साल असोजबाट उडान सञ्चालन गरेको थियो । उडान नियमित बनाउन प्रदेश सरकारले अनुदान समेत दिन तयार रहेको प्रदेशका मुख्य पन्त्री पृथ्बी सुब्बा गुरुङको भनाईलाई उध्रित गर्दै मनाङका प्रहरी प्रमुख टिका बहादुर कार्कीले जानकारी दिए ।


तस्बिर सौजन्य जिल्ला प्रहरी कार्यालय प्रमुख टिका बहादुर कार्की ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment