असोज ३ मनाङ
हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे स्थित चामेको नमस्ते गेटबाट जिल्ला समन्वय समितिको कार्यालयमा कोण सभा गरी संबिधान दिबश सम्पन्न गरीएको छ ।
गत शुक्रबार बिहान ८ बजे सदरमुकाम चामेको नमस्तेगेटबाट बिभिन्न पप्पलेड तथा ब्यानर सहित जिल्ला समन्वय समितिको कार्यालयको परिसरमा गई कार्यक्रमको समापन गरिएको थियो ।
उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, जिल्ला समन्वय समितीका प्रमुख यज्ञ प्रसाद घले , सुरक्षा निकायका जिल्ला प्रहरी , सशस्त्र बल ,नेपाली सेना बिद्यालयका प्र.अ. शिक्षक बिद्याथी, युवाक्लब,आमा समुह लगायत स्थानियबासीहरुको सहभागीता रहेको थियो ।
बिश्वमै राम्रो संबिधान भएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञ प्रसाद घलेले बताएका थिए ।
तस्बिर : जिल्ला प्रहरी कार्यालय चामे मनाङ
0 comments:
Post a Comment
Thankyou for comment