माथिल्लो मनाङमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम
आश्विन ४ मनाङ
मिति २०७६।०६।०३ गते जिल्ला प्रहरी कार्यालय मनाङ चामेको कार्ययोजना बमोजिम माथिल्लो मनाङको मनाङ ङिस्याङ गा.पा.वडा नं.९ खाङसार र वडा नं.५ मुन्चेमा समुदाय-प्रहरी साझेदारी वडा स्तरिय बैठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय मनाङ अन्तरगत सिमा प्रहरी चौकी हुम्दे मनाङको आयोजनामा सोही दिनको ११:४० वजे देखि १२:४५ वजेको समय सम्म मनाङ ङिस्याङ गा.पा.वडा नं.९ खाङसारमा ऐ. वडाका वडाध्यक्ष रिन्जीन धोर्जे गुरुङको अध्यक्षतामा र सोही दिनको १४:४० देखि १५:२० वजे सम्म मनाङ ङिस्याङ गा.पा.वडा नं. ५ मुन्चेमा ऐ. वडाका वडाध्यक्ष म्पान्जु घलेको अध्यक्षतामा स्थानिय भद्रभलादमी, आमा समुह, होटल व्यबसायी, युवा क्लव, स्थानिय जनप्रतिनिधीहरु लगायत गरी अं. ३०/३५ जनाको उपस्थितिमा लैङगिक हिंसा, चेलिबेटी बेचबिखन, दैवि प्रकोप, लागुऔषध दुर्व्यसनी तथा गाँजा फँडानीको बारेमा मनाङ ङिस्याङ गा.पा. वडा नं ९ र ५ मा भएका अन्तरकृया कार्यक्रमहरुमा प्र.ह. टिकाराम तिमिल्सिनाले कार्यक्रम संचालन तथा बिषय बस्तुको बारेमा प्रकाश पार्नु भएको थियो ।
0 comments:
Post a Comment
Thankyou for comment