नेगम परियार
भाद्र १७ मनाङ
तस्बिर : जिल्ला प्रहरी कार्यालय चामे मनाङ |
हिमाली जिल्ला मनाङमा आजभोली जंगली च्याउँको सिजन शुरु भएको छ । तर सहि च्याउँको पहिचान नगरि खानाले मनाङमा बर्षेनी सिजनमा जंगली बिषालु च्याउँ खाएर बिरामी पर्नेको संख्या रोकिएको छैन । यस बर्ष पनि गत बर्ष झै जंगली बिषालु च्याउँ खाएर बिरामी परेको जानकारी आएको छ ।
गोरखा गण्डकी गाउँपालिका वडा नं. ५ धार्के स्थायी घर भई हाल मनाङ जिल्लाको नार्पाभुमी गाउँपालिका वडा नं. २ स्थित मेतामा ज्याला मजदुरी काम गर्दै आएको ४५ बर्षिय चित्र बहादुर थापा र दल बहादुर मगर गत १५ गते राको समयमा बिरामी परेका हुन ।
पहिचान नखुलेको जंगली बिषालु च्याउँ खाई गम्भिर बिरामी भएकोमा दल बहादुर मगरको नार्पाभुमि गाउँपालिका स्थित स्वास्थ्य चौकीमा सामान्य उपचार पस्चात घर फिर्ता भएको जिल्ला प्रहरी कार्यालय चामे मनाङले जनाएको छ । साथै अर्का चित्र बहादुर थापाको पनि स्वास्थ्य चौकीमा उपचार गरिएता पनि अवस्था गम्भिर भए पछि गत १६ गते लम्जुङ जिल्लाको सदरमुकाम बेशिसहर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
जंगली बिषालु च्याउँ खाएर बिरामी परे पछि स्थानियबासी तथा प्रहरी चौकी मेताबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चित्र बहादुर थापालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल चामे मनाङ ल्याई सामान्य उपचार पस्चात थप उपचारको लागी जिल्ला सामुदायिक अस्पताल लम्जुङ बेशिसहर रिफर गरेको र जिल्ला सामुदायिक अस्पताल लम्जुङमा पनि नसके पछि थप उपचारको लागी चितवन मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले जनाकारी दिए । जंगली बिषालु च्याउँ खाएर बिरामी परेका दुई जना मध्ये चित्र बहादुर थापाको अवस्था गम्भिर रहेको समेत कार्कीले बताए ।
0 comments:
Post a Comment
Thankyou for comment