नेगम परियार
भाद्र ३० मनाङ
हिमालपारीको जिल्ला मनाङमा जिल्ला प्रहरी कार्यालयले जिल्ला भित्र आफै उम्रिएका लागु औषधको मुख्य श्र्रोत गाँजा फडानी तथा नष्ट अभियानलाई बृहतरुपमा सञ्चालन गरेको छ । भाद्र ३० गते मनाङ जिल्लाको तल्लोभेग नासोँ गाउँपालिका वडा नं. ७ तिल्चे देखि सुर्कि खोला सम्म मनास्लु मार्गको करिब ३ घण्टाको पैदलयात्रामा रहेको सिमा प्रहरी चौकी धारापानीले गाँजा फडानी तथा नष्ट गरेको छ ।
सिमा प्रहरी चौकी धारापानीका प्रहरी सहायक निरिक्षक मुक्त बहादुर खड्काको कमाण्डमा खटिएका ४ जना प्रहरी तथा स्थानियबासीहरुको सयुक्त सहभागितामा करिब २२ रोपनी क्षेत्रफल जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब २२ कुन्टल गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको सिमा प्रहरी चौकी धारापानीका प्रहरी सहायक निरिक्षक मुक्त बहादुर खड्काले जानकारी दिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत गत शनिबार बाट गाँजा नष्ट अभियानमा खटिएको प्रहरीलाई स्थानिय वडा सदस्य पुष्प गुरुङ,अमिसा गुरुङ,सि.ए.एम.सि.का अध्यक्ष गुनराज गुरुङ, शिक्षक, समाजसेवी पुष्प गुरुङ,युवा क्लब र होटल ब्यवसायीले लैँगिक हिँसा नियन्त्रण र लागु औषध नष्ट गर्ने कार्यक्रममा तिल्चे ,गोवा,झाझे,काँचे,सुर्कीखोला,काडीखर्क,कुवेखर्क एरिया सम्म साथ दिएका थिए ।
गत शनिबार देखि उक्त क्षेत्रमा गाँजा फडानी तथा नष्ट अभियानमा लागेको प्रहरी भाद्र ३० गते सोमबार मात्र सिमा प्रहरी कार्यालय धारापानी फर्किको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
साथै यस अघि शुरुवातको समय देखि हाल सम्म सिमा प्रहरी कार्यालय धारापानीले मात्र १० पटकमा ३३ रोपनी जग्गामा २८ कुन्टल गाँजाको बोट फडानी तथा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मनाङले दाबी गरेको छ ।
0 comments:
Post a Comment
Thankyou for comment