async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङको चामे स्थित तातोपानी कुण्डमा अब शुल्क लाग्ने । फोटो फिचर सहित | यूनिक न्युज (UNIQUE NEWS)

मनाङको चामे स्थित तातोपानी कुण्डमा अब शुल्क लाग्ने । फोटो फिचर सहित

नेगम परियार
भाद्र २३ मनाङ


 हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे स्थित रहेको तातोपानी कुण्डमा  सोमबारबाट पैसा लाग्ने भएको छ । चामे गाउँपालिकाको पछिल्लो समय आर्थिकबर्ष २०७५÷०७६ को ३० लाख रुपैयाँको लागतमा सुरक्षित र ब्यबस्थित तातोपानी कुण्ड भए पछि उक्त तातोपानी कुण्डको ठेक्का प्रकरण लागु गरीएको हो । चामे गाउँपालिकाको कुल ३० लाख बजेटबाट १० लाख रकमबाट तातोपानी कुण्डको स्नान कक्ष बनाएको छ भने बाकीँ २० लाखबाट  ड्रमको टंकी, प्रतिक्षालय र तातोपानी कुण्डमा सुरक्षाकालागी तातोपानी कुण्डको माथी ट्रस हालिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले बताए ।


चामे गाउँपालिकाले न्युनतम ८ लाख रुपैयाँको ठेक्कामा दिने सुचना निकालेर तातोपानी कुण्डको ठेक्का आबेदन खुल्ला गरेको थियो । जस मध्ये ठेक्का सदरमुकाम चामेकी डोल्कर लामाले ९ लाख ५५ हजारमा एक बर्षको लागी ठेक्का पाएकी हुन । यता चामे गाउँपालिकाको आम्दानी श्रोत बढने , स्थानीय स्थरमा रोजगारी र तातोपानी कुण्डको पनि ब्यबस्थित हुने भएकोले उक्त तातोपानीकुण्डको ठेक्का प्रकरण गरिएको अध्यक्ष घलेले बताए ।


तातोपानी कुण्डको प्राकृतिक समस्या वा असर भएमा चामे गाउँपालिकाले बेहोरने गरी ठेकेदार र चामे गाउँपालिकाको सहमति अनुसार तातोपानी कुण्डको ठेक्का सञ्चालन गरिएको हो । तातोपानीकुण्डको ठेक्का प्रकरणमा गए पछि हाल तातोपानी कुण्डमा दर भाउँ समेत लागु गरिएको छ । जस मध्ये चामे गाउँपालिकाका स्थानियबासी तथा कर्मचारीहरुको हकमा प्रति ब्यक्ति १० रुपैयाँमा तातोपानी सहितको स्नान कक्षमा नुहाउन पाउने  र प्रति ब्यक्ति ५० रुपैयामा तातोपानी कुण्डमा नै स्नान गर्न पाउने साथमा साबुन,स्याम्पु र टावलको समेत ब्यवस्था रहेको तातोपानी कुण्डको ठेक्का पाएकी डोल्कर लामाले बताईन ।


त्यस्तै जिल्लाका अन्य गाउँपालिका र जिल्ला बाहिरका सबै नेपालीहरुको लागी प्रति ब्यक्ति रु.५० रुपैया र बाहिय पर्यटकको लागी १५० रुपैयाँ लाग्ने चामे गाउँपालिकाको रेट तोकेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले बताए । तातोपानी कुण्डमा ७० बर्ष माथीको जेष्ठ नागरीकहरुको हकमा र पुर्ण अपाङ्ग भएका नेपालीहरुको लागी भने कुनै शुल्क नलाग्ने समेत घलेले बताए ।


हाल चामे गाउँपालिकाले महिला पुरुष शौचालय एक एक वटा , कपडा फेर्ने कोठा एक एक वटा  तातोपानी सहितको स्नान कक्ष एक पटकमा तिन तिन जान स्नान गर्न मिल्ने गरी  एक एक वटा बनाईएको छ । साथै तातोपानीमाकुण्डमा बाहिय तथा आन्तरिक पर्यटक वा स्थानियबासीहरुको बिभिन्न दरमा कपडा धुने सेवा सुबिधा समेत रहेको छिरिङधोर्जे लामाले बताए । हाल तातोपानी कुण्ड ठेक्का प्रकरणमा गए पछि तातोपानी कुण्डमै खाजा घरको समेत ब्यवस्था रहेको लामाले बताए । स्थानियबासी तथा कर्मचारी र नेपालीहरुको लागी हप्ताको एक पटक शनिबार लुगा धुनको लागी खुल्ला गरिने र लुगा धुदा प्रति के.जी. १० रुपैयामा लुगा धुन पाईने लामाले बताए । ठेकेदार पक्षले नै लुगा धुन लगाएमा बिभिन्न पिसको हिसाबले लुगा धोईदिने समेत सेवा सुबिधा रहेको बताए ।


मनाङ जिल्लाको सदरमुकाम चामेमा रहेको उक्त तातोपानीकुण्ड आन्तरिक तथा बाहिय पर्यटकको पहिलो रोजाईमा समेत परेको छ । ट्रेकिङ्ग आउने आन्तरिक तथा बाहिय पर्यटकहरु सदरमुकाम चामे बस्दा सबै जसो पर्यटकहरु उक्त तातोपानीकुण्डको मज्जा लिन एक पटक सबै पुगेकै हुन्छन । उक्त तातोपानीकुण्डमा स्नान गर्दा छाला,हाडजोर्नी नसासंग सम्बन्धीत समस्याहरुको समेत समाधान हुने जन बिश्वास रहेको चामे गाउँपलिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले बताए ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment