असोज १३ मनाङ
स्याउँ जोन मनाङको आर्थिक बर्षको बजेट ७ करोड ६८ लाख ८० हजार रुपैँया परेको छ । गत बर्षबाट मनाङमा स्याउँ जोन कार्यक्रम सञ्चालनमा आएकोमा गत बर्ष स्याउँ जोन मनाङका लागी १ करोड २९ लाख रुपैँया परेको थियो । हरेका जिल्लामा जिल्ला भित्र उत्पादन हुने खेतीबाली तरकारी पशुपालन लगाएतका क्षेत्रमा जिल्ला भित्र उत्पादन हुने सबै भन्दा बढीमात्रामा के उत्पादन हुन सक्छ त्यसको पहिचान गरी नेपालको बिभिन्न जिल्लाहरुमा जोन कार्यक्रम सञ्चालन गरिएकोमा मनाङ जिल्ला स्याउँमा परेको हो ।
मनाङमा स्याउँ खेती राम्रो हुने भएकाले मनाङ जिल्लालाई स्याउँ जोनको रुपमा सञ्चालन गरी कार्य सञ्चालन गरेको स्याउँ जोन मनाङले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना , परियोजना कार्यान्वयन ईकाई स्याउँ जोन मनाङको आयोजनामा गत आईतबार स्थानिय तहका पदाधिकारी तथा सरोकारवालाहरुसंग समन्वय गोष्ठी कार्यक्रम गरी आर्थिक बर्षको बजेट निति तथा कार्यक्रम र स्याउँ जोनको रुपमा ब्यवसायिक स्याउँ खेती गर्दै आएका मनाङका किसानहरुसंग एक कार्यक्रम समेत गरेको छ ।
मनाङमा स्याउँ जोन कार्यक्रम दोस्रो बर्षमा प्रबेश गर्दै गर्दा मनाङमा स्याउँ खेतीलाई ब्यवसायिक रुपमा खेती गर्दै आएका स्याउँ किसानहरुसंग समन्वय गरी काम गर्दै आएको स्याउँ जाने मनाङका कृषि अधिकृत राजेश सिलवालले बताए । कृषि बिकास रणनिति अनुसार ब्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन बिकास कार्यक्रम सञ्चालन कार्यबिधि २०७३ को रणनिति अनुसार सञ्चालन गरेको हो ।
मनाङमा स्याउँ बाहेक अन्य खेती बाली पनि हुने गर्छ जस्तै फापर,आलु,तरकारी खेती मनाङमा राम्रै उत्पादन हुने गर्छ । जस मध्ये स्याउँको उत्पादन राम्रो हुने भएकाले मनाङलाई स्याउँजोनको कार्यक्रमलाई बिशेष ध्यानमा राख्दै स्याउँ खेती नै जिल्लामा सबै भन्दा राम्रो हुने भन्दै मनाङ जिल्लालाई स्याउँ जोन बनाईएको स्याउँ जोन मनाङका कृषि अधिकृत राजेश सिलवालले बताए ।
मनाङ जिल्लामा हाल ४ गाउँपालिका रहेकोमा ३ गाउँपालिका , मनाङ ङिस्याङ गाउँपालिका,चामे गाउँपालिका,नासोँ गाउँपालिकामा सबै स्थानहरुमा स्याउँ खेती राम्रो हुने गरेको छ भने मनाङको नार्पाभुमि गाउँपालिकाको मेताबेशी वडा नं. २ मा मात्र परिक्षणको लागी स्याउ लागाईएको स्याउँ जोन मनाङले जनाएको छ । मनाङमा स्याउँ जोन मनाङको अनुसन्धानमा ९०० हेक्टर क्षेत्रफलमा स्याउँ खेती राम्रो हुने भएता पनि हालको क्षेत्रफल २४० हेक्टर मात्र रहेकोमा उत्पादनसिल क्षेत्रफल भने ९२ हेक्टर मात्र भएको र उत्पादकन्व १४.८ टन प्रति हेक्टर क्षेत्रफल रहेको स्याउँ जोन मनाङको तथ्याङ्कमा रहेको छ ।
यहि तथ्याङ्कलाई आधार मान्ने हो भने मनाङमा जम्मा उत्पादन १,३८० टन उत्पादन हुन आउछ । आम्दानी ५६ करोडको मनाङबाट मात्रै स्याउँ अन्य जिल्लामा निर्यात गर्न सक्ने जानेको अनुमान छ । हाल मनाङमा उत्पादित स्याउँको मुल्य रु १२० प्रति केजी पर्न जान्छ । बर्षे नि नेपालमा बाहिर अन्य देशहरुबाट मात्रै १३ अर्बको स्याउँ आयात गर्ने गरेको पाईन्छ । यस्तै मनाङको स्याउँ उत्पादनलाई सहज र सरल बनाउन सके मनाङ जिल्लाको स्याउँले मात्रै भने पनि नेपालमा बाहिरी देशबाट आयात गरीने स्याउँमा कमी ल्याई अन्य देशबाट आयात गरिने स्याउँमा कम गराउन र स्वदेशी उत्पादित स्याउँबाट आम्दानी गर्न सकिन्छ ।
हाल सम्म स्याउँ जोन मनाङले स्याउँ खेती गर्ने किसानहरुलाई बिभिन्न अनुदान , सेवा, सिपमुलक कार्यक्रमहरु लगाएत अन्य योजना बनाउदै काम गर्दै आएको छ । ५० प्रतिशत अनुदान देखि बिभिन्न शिर्षकहरुमा फरक फरक अनुदान दिदै ८५ प्रतिशत अनुदान सम्म किसानहरुलाई सेवा दिदै आएको स्याउँ जोन मनाङले जनाएको छ ।
मनाङमा हाल सम्म गाला, फुजी,गोल्डेन र लोकल स्याउँ खेती गर्दै आएको पाईन्छ । जिल्ला भित्रै स्याउँको नर्सरी नहुदा स्याउँको बिरुवामा कमी तथा महङगी हुन गएकोले किसानहरुलाई समस्या परेको किसानहरुको गुनासो छ । हाल स्याउँ जोन मनाङले ५० प्रतिशत अनुदानमा मनाङका स्याउँ कृषकहरुलाई लोकल स्याउँको बेर्ना तथा बिरुवा रु ४० मा उपलब्ध गराउदै आएको छ । गाला,फुजी र गोल्डेन स्याउँको बिरुवा भने बिदेश बाट आयात गर्नु पर्ने भएकोले प्रति बिरुवा १२०० रुपैँया सम्म पर्न गएको जोनले जनाएको छ । प्रति बिरुवा नै १२०० रुपैँया सम्म पर्न गएकोले पनि सबै किसिमका किसानहरुले गाला,फुजी र गोल्डेन जस्ता स्याउँको खेती गर्न नसकेको किसानहरुको गुनासो छ ।
सरल तथा सहज सवारी साधन र सडक नहुदा मनाङको स्याउँले बजार तताउन सकेको छैन । महङगो धुवानी लगायत प्याकिङ जस्ता समस्याले किसानहरुलाई थप समस्या रहेको स्याउँ कृषक पशुपति अधिकारीको भनाई छ ।
मनाङ जिल्ला आफैमा एक पर्यटकिय स्थल भएका कारण आधा आधी स्याउँ त जिल्ला भित्र नै बिक्रि हुने गरेको कृषक अधिकारीले बताए । गत आईतबार गरिएको स्याउँ कृषक र सरोकारवालाहरुसंग गरिएका एक गोष्टी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले मनाङमा ९०० हेक्टर क्षेत्रफल स्याउँ खेती योग्य जमिन भएकोमा अझ थप १०० हेक्टर क्षेत्रफलको पहिचान गरी स्याउँ जोन बाट सुपर जोन बनाउन सकिने तर्क गरेका थिय । स्याउँ खेती बाट मनाङको थप पहिचान समेत गराउन सकिने भएकाले सबैले स्यउँ खेतीमा आर्कषित गराउन आवश्यक रहेको सबैको पहल रहेको बताएका थिए ।
0 comments:
Post a Comment
Thankyou for comment