राजेन्द्र न्यौपाने
गोरखा, १८ असोज ।
राजतन्त्र कायम रहँदा सम्म निक्कै तामझामका साथ गोरखाबाट काठमाण्डौ फुलपाती भित्र्याउने गरेपनि अहिले गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती थोरै खर्चमा फरक तरिकाले लाने गरिएको छ ।
गोरखा नगरपालिकाको आर्थिक सहयोग,गोरखा दरबार हेरचाह अड्डा र युवा क्लवको सहयोगमा हनुमान ढोकामा फूलपाती लगिएको छ । बा २० च ४३९४ नम्बरको जीपमा राखेर फुलपाती हनुमान ढोका पठाइएको गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी रामेश्वर कट्टेले बताए । गोरखाबाट विधि पूर्वक फूलपाती काठमाण्डौ पठाउने कार्य भइरहेको उनले बताए ।
0 comments:
Post a Comment
Thankyou for comment