नेगम परियार
कार्तिक १४
नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावली अर्थात दशैँ र तिहार सकियसंगै बिभिन्न स्थानहरुमा बसोबास वा कर्म थलो फर्कने यात्रुहरुको निकै भिडभाड देख्न सकिन्छ । यस्तै लम्जुङ जिल्लाको बेशिसहरमा पनि बेशिसहर बाट देशका बिभिन्न शहरहरु जस्तै काठमाडौं,पोखरा चितवन गोर्खा जाने यात्रुहरुको संख्यामा बृद्धि भयसंगै यात्रुहरुमा सवारी साधनहरुमा भाडामा निकै लापारबाहि भएको यात्रुहरुको गुनासो आएको छ । आज मात्रै मनाङको सदरमुकाम चामेबाट काम बिशेषका लागी काठमाडौं जादै गरेका कर्मचारी हरिहर पोख्रेल मनाङबाट लम्जुङ बेशिसहर सम्म सहजै पुगेको र बेशिसहरबाट काठमान्डौ जाने सवारी साधन पाउन नसकेको सबै सवारी साधन प्याक भएको सवारी साधनका चालक तथा सह चालकहरुले बताए पछि काठमाडौं जानको लागी ४ जना यात्रु लिएर तयारी अवस्थामा बसेको मनाङ बेशिसहर चल्ने बोलेरो जिपमा २००० रुपैयाँ भाडा मागेकोमा बल्लतल्ल १५०० रुपैयाँमा कुरा मिले पछि सोहि बोलेरो जिपमा काठमाडौं सम्म १५०० रुपैयाँ तिरी यात्रा गरेको पोख्रेलले बताए । यता मनाङकै उपर मनाङबाट पोखरा तर्फ हिडेका कर्मचारी मिलन रावल पनि बेशिसहरबाट पोखरा सम्मको सवारी भाडा १५०० रुपैया तिरी पोखरा हिडेको जानकारी गराए । रावलले भन्दै थिय यहाँ त सारै समस्या पो रहेछ भाई यसरी लापारबाहि भाडा लिदा पनि कुनै पनि निकायहरुले कुनै चासो नदिएको उनको गुनासो छ । बर्षेनी चाडपर्वको अवसरमा यसरी लाखौँ यात्रुहरु ठगीमा परेका हुन्छज तर पनि कुनै पनि सम्बन्धीत निकायहरुले यात्रुहरुको भाडादरमा भएको ठगीको बिषयमा ध्यान नदिदा यात्रुहरु मारमा परेको यथावतै छ ।
0 comments:
Post a Comment
Thankyou for comment