नेगम परियार
कार्तिक ४ मनाङ
जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा सोमबार चाडपर्व सुरक्षा र लैंगिक तथा घरेलु हिंसा नियन्त्रणका लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगतजिल्ला स्तरिय तथा पालिका स्तरिय बैठक एवं अन्रकृया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावली नजिकीदै गर्दा चाड पर्वमा हुन सक्ने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सुरक्षा निकायबाट हुन सक्ने प्रयास तथा योजनाहरु बारे जानकारी सहित बैठक सम्पन्न गरिएको हो ।
चाड पर्व सुरक्षा र लैंगिक तथा घरेलु हिंसा नियन्त्रणका लागी समुदाय प्रहरी साझेदारी जिल्ला समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको अध्यक्षतामा सञ्चालीत कार्यक्रममा चामे गाउँपालिकाको, नार्पाभुमि गाउँपालिकाका स्तरिय संयुक्त बैठक सम्पन्न भएको हो । जिल्ला स्तरिय तथा पालिका स्तरिय बैठक एवं अन्रकृया कार्यक्रम दुई गाउँपालिकाको सयुक्त बैठक जिल्लाको सदरमुकाम चामे स्थिीत सामुदयिक सेवा केन्द्रको सभाहलमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा नार्पाभुमि गाउँपालिकाका उपाध्यक्ष कोन्जो छिरिङ लामा चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले लगायत करिब ३० भन्दा बढीको संख्यामा बिभिन्न कार्यालयबाट आमा समुह,युवा समुह ,पत्रकार,स्थानियबासी लगायतको उपस्थिीती रहेका थियो । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले चाडपर्व लक्षित धुम्रपान,मध्यपान र लैंगिक तथा घरेलु हिंसा सुरक्षाको दृष्टिले समस्याका कारण मात्र नभई सामाजिक बिकृति जन्य कृयाकलाप भएकोले समुदायको सहभागितामा नियन्त्रण गर्ने कार्य ब्यवहारीक भएको हुदा सबै पक्षको समन्वय र सहकार्यको आवश्यक रहेको धारण ब्यक्त गरेका थिए ।
सोहि कार्यक्रममा जिल्ला प्रहरी कार्यालयलाई ५५ ईन्चको एल.ई.डी टिभि उपल्बध गराई घटनाको डिजिटल न्युज प्रकाशनमा सहयोग गर्नुहुने नार्पाभुमि गाउँपालिकाका मनाङका उपाध्यक्ष कोन्जो छिरिङ लामा , चामे गाउँपालिकाका वडा अध्यक्ष राजु लामा र जिल्लाका पत्रकार महासंघ मनाङका सदस्य तथा कारोबार दैनिक पत्रिकाका मनाङ संवादाता नेगम परियारलाई सम्मान स्वारुप प्रसंशा पत्र प्रदान गरीएको थियो । साथै ५५ ईन्चको टिभि सहयोग गर्नु हुने नार्पाभुमि गाउँपालिकाका उपाध्यक्ष कोन्जो छिरिङ लामाबाट टिभिको प्रवाहको सुरुवात गरेका थिए ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले स्वागत मन्तब्य तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रगती प्रस्तुत गरेका थिए । साथै समुदाय र सरोकारवाला निकायहरुसंगको सहकार्यबाट प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन भैरहेको जानकारी समेत गराएका थिए ।
प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलले जुवातास,धुम्रपान तथा लैंगिक हिंसा एवं घरेलु हिंसा नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत समेत गरेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
0 comments:
Post a Comment
Thankyou for comment