नेगम परियार
मंसिर ९ मनाङ
मनाङ प्रहरीको नियमित कार्यक्रम अन्र्तगत समुदाय प्रहरी साझेदारी कार्यक्रमको निरन्तरता दिदै जिल्ला प्रहरी कार्यालय मनाङले वडा स्तरिय बैठक तथा अन्र्तकृया कार्यक्रम गरेको छ । गत ९ गते जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा मनाङको तल्लो क्षेत्र नासोँ गाउँपालिका २ नाचेमा सिमा प्रहरी चौकी धारापानी मनाङको आयोजनामा सिमा प्रहरी चौकीँ धारापानीका प्रहरी सहायक निरिक्षक मुक्त बहादुर खड्काको अध्यक्षतामा वडा स्तरिय बैठक तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी नासोँ गाउँपालिका ३ नं. वडाका अध्यक्ष भिम बहादुर गुरुङ रहेका थिए । बैठकमा आमा समुह युवा क्लब जेष्ठ नागरिक समाज सेवी लगायत स्थानियबासीहरुको सहभागीता रहेको सिमा प्रहरी चौकी धारापानी मनाङले जनाएको छ ।
वडा स्तिरिय बैठक तथा अन्र्तकृया कार्यक्रममा अपराध नियन्त्रण लैङ्गिक हिँसा नियन्त्रण जेष्ठ नारिकको सुरक्षा सम्बन्धमा छलफल बिपद ब्यवस्थापन लागु औषध नियन्त्रण घरेलु हिँसा नियन्त्रण तथा समाजमा हुने अपराधिक कृयाकलाप नियन्त्रणको लागी स्थानिय नागरिक र प्रहरीबाट हुने भुमिका सम्बन्धि छलफल तथा अन्र्तकृया गरिएको सिमा प्रहरी चौकी धारापानी मनाङले जनाएको छ ।
0 comments:
Post a Comment
Thankyou for comment