async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङमा दुई दिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखाको कार्यशाला गोष्ठी सम्पन्न । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङमा दुई दिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखाको कार्यशाला गोष्ठी सम्पन्न ।

नेगम परियार 
कार्तिक ७ मनाङ


हिमाल पारीको जिल्ला मनाङमा दुई दिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखाको कार्यशाला गोष्ठी सम्पन्न भएको छ । हिमाली जिल्ला मनाङमा चिसो मौषम बढेसंगै स्वास्थ्यसंग सम्बन्धित रोग तथा समस्या समाधानका लागी सो कार्यक्रम सञ्चालन गरिएको हो ।

गत शुक्रबार र शनिबार गरी दुई दिन सम्म सञ्चालन गरिएको कार्यशाला गोष्ठीमा स्वास्थ्य सम्बन्धि बिभिन्न रोग तथा रोग बाट बच्ने तरिका र यसका उपायहरुसंग सम्बन्धित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा टेकु काठमान्डौ बाट आएको टोली मध्ये डा. बिष्णु गौतमले बताए ।


कार्यक्रम मनाङ जिल्लाको सदरमुकाम चामेमा सञ्चालन गरिएको थियो । कार्यक्रममा सर्ने रोग ,नसर्ने रोग ,हिमाली क्षेत्रमा हुन सक्ने बिभिन्न स्वास्थ्यसंग सम्बन्धित समस्या,खाद्य सुरक्षा, पानी ,हवाई सुरक्षा,जुनेसिस,रसायनिक सुरक्षा,विकिरण सुरक्षा सम्बन्धित दुई दिने कार्यशाला गोष्ठी केन्द्रित रहेको थियो ।

Image may contain: 3 people, people sitting and indoor

दुई दिने कार्यशाला गोष्ठी कार्यक्रम मनाङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा टेकु काठमान्डौको आयोजनामा सञ्चालन गरिएको थियो । कार्यक्रममा स्वास्थ्यसंग सम्बन्धित बिभिन्न रोग तथा समस्या बारे चर्चा तथा छलफल भएको थियो । कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा टेकु काठमान्डौबाट आएका डा. बिष्णु गौतम,समिर अधिकारी, लगायत महाँशाखाका प्रतिनिधिहरु राम बहादुर नेपाली र सुरज अधिकारीबाट कार्यक्रमको बृस्ति जानकारी तथा कार्यक्रमको गोष्ठी सञ्चालन भएको थियो ।


कार्यक्रम दुई दिनको मनाङ जिल्लामा फलदायीक भएको कार्यक्रममा उपस्थित गाउँपालिकाका अध्यक्ष,जिल्ला समन्वय समितीका अध्यक्षहरुले बताएका थिय । साथै जिल्लाको स्वास्थ्य सम्बन्धि बिभिन्न समस्या बारे पनि स्वास्थ्यसंग सम्बन्धित प्रतिनिधिहरुले मनाङ जिल्लाको हकमा भएका समस्या बारे खुलेर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखाका प्रतिनिधिहरु समक्ष प्रस्तुत गरेका थिए । कार्यक्रमको शनिबार एक कार्यक्रमका साथ समापन गरिएको थियो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment