लडाई सकिए पछि एक सिपाहीले
क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध
मैदानमा छट्पटिरहेको छ ।म उसलाइ लिन जान्छु ।
क्याप्टेन-:के लिन जान्छस् छोड्दे । यति बेला सम्म
त्यो मरिसक्यो ।क्याप्टेनको कुरा नसुनि उ साथि भएतिर जान्छ र केही समय पछि उक्त साथीको लास लिएर आउँछ। तब क्याप्टेनले भनेछन-:मैले भनेको थिएँ ऊ मरिसक्यो भनेर । सिपाही भन्छ - सर जब म
त्यहाँ पुगें,तब उ सँग अन्तिम ढुकढुकी मात्र बाकी
थ्यो, तब साथीले मुस्कुराउँदै भन्यो 'साले, मलाइ
थाहा थ्यो, तँ जरूर आउँनेछस्' यति भनेर मलाई
अङ्गालो हाल्यो अनि प्राण त्याग्यो । सर, मैले मेरो साथीलाई बचाउन सकिन तर मैले साथीलाई उसको अन्तिम घडीमा आफ्नो न्यानो अंगालो दिन पाएँ । अन्तिम पल त्यो माथी यो बिरानो ठाँउमा उसको पनि आफ्नो भन्ने भावना दिलाउँन पाएँ । साथीको विस्वाश दिलाउन पाएँ । अन्तिम सास सम्म साथ दिन पाएँ।
यही नै हो सर साथी भनेको, दुखसुखमा साथ दिनु नै मित्रता हो। साथी चाहे स्कुलको होस या घऱको, टोलको होस या लडाई मैदानको होस्, साथी भनेको साथी हो। जसको साथबाट एक्लोपन टाढा भाग्छ, अनि खुसीको पल साथमा हुन्छ, त्यही हो साथी ।
0 comments:
Post a Comment
Thankyou for comment