श्रावण १६ मनाङ
नेगम परियार
गत १६ गते मनाङ ङिस्याङ गा।पा।९४ को सामुदायिक भवनको सभाहलमा सि।प्र।चौ।हुम्दे मनाङले आयोजना गरेको सामुदायिक प्रहरी साझेदारीको अन्तरकृया कार्यक्रम सम्पन्न भएको स्थानिय वडा ४,५,६,७,र ८ नं।का जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवि,आमा समुह,युवा क्लव,सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि समेत गरी ५० जनाको संख्यामा उपस्थिती रहेको जिल्ला प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
साथै सहभागिहरु बाट प्रहरीले आयोजना गरेको यस अन्तरकृया कार्यक्रमलाई प्रशंसा गरेको, आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन बिगतमा हिमपातको समयमा मानसिक सन्तुलन ठिक नभएका भारतिय मुलका नागरिक घाईतेरबिमारी हुंदा उद्धारमा समस्या भएकाले यस्ता ब्यक्तिलाई सिमाना बाट रोक लगाई दिन अनुरोध भएको उक्त कार्यक्रमको प्रमुख अतिथि वडा नं।८ का वडा अध्यक्ष टसीफुन्जो गुरुङ रहनु भएको उक्त कार्यक्रमको अध्यक्षता वडा नं।६ का वडा अध्यक्ष सोनम गुरुङले गर्नु भएको थियो भने प्र।ह।टिकाराम तिमिल्सिनाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
0 comments:
Post a Comment
Thankyou for comment