श्रावण २५ मनाङ
हिमालपारीको जिल्ला मनाङको अति बिकट स्थान नार्पाभुमी गाउँपालिकामा जिल्ला प्रहरी कार्यालय चामे मनाङ तथा प्रहरी चौकी मेता मनाङको संयुक्त आयोजनामा गत २५ गते समुदाय प्रहरी साझेदारी अवधारणा तथा सुरक्षाा सम्बन्धी अन्र्तकृया कार्यक्रम गरेको छ ।
नार्पाभुमि गाउँपालिकाको सभाहलमा गरिएको उक्त कार्यक्रममा समुदाय प्रहरी साझेदारी अवधारणा तथा सुरक्षा सम्बन्धी अन्र्तकृया कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए । कार्यक्रममा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीको अध्यक्षतामा गरिएको थियो भने प्रमुख अतिथी नार्पाभुमि गाउँपालिकाका अध्यक्ष मिङमार छिरिङ लामा रहेका थिए ।
कार्यक्रममा बिशेष अतिथी सहायक प्रहरी नायब उपरिक्षक रमेश भुवाजी , साथै अतिथीहरुमा नार्पाभुमी गाउँपालिकाका १ नम्बर वडाका वडा अध्यक्ष रितार छोपेल लामा लगाएत युवा क्लब,आमा समुहका प्रतिनिधि ,पत्रकार, समाजसेवी एंव बुुद्धिजिबीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा गाउँपालिका भित्र हुने बिभिन्न घटनाहरु तथा शान्ती सुरक्षा कायम गर्ने सम्बन्धमा नार्पाभुमी गाउँपालिका भित्रका जनप्रतिनिधीहरु , जनसमुदाय तथा प्रहरी प्रशासनले समन्वय गरेर गाउँपालिका भित्र चुस्त दुरुस्त शान्ती ब्यवस्था कायम गर्ने निर्णय समेत उक्त कार्यक्रममा गरिएको प्रहरी नायब उपरिक्षक कार्कीले बताए
0 comments:
Post a Comment
Thankyou for comment