async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> चामे गाउपालिकाको बिपद ब्यवस्थापन समिती गठन । | यूनिक न्युज (UNIQUE NEWS)

चामे गाउपालिकाको बिपद ब्यवस्थापन समिती गठन ।

नेगम परियार 
साउन २५ मनाङ्ग



 हिमालपारीको जिल्ला मनाङ्ग आफैमा सुन्दर छ । तर भौगोलिक बिकटता पनि उतिकै छ  । हिउँदमा हिउँ र बर्खामा बाढी पहिरो जस्ता समस्या बर्षेनी आईनै रहन्छ । सोहि अवस्थालाई मध्यनजर गर्दै पहिलो पटक मनाङ्ग जिल्लाको सदरमुकाम चामे स्थित चामे गाउँपालिकाले जिल्ला मै पहिले पटक बिपद ब्यवस्थापन समिती गठन गरी बिपद ब्यवस्थापनको लागी कदम बढाएको छ । 

साउन २५ गते आईतबार चामे गाउँपालिकाले आफनो गाउँपालिका भित्रका सबै सम्बन्धीत निकायहरुसंग छलफल गरी  बिपद ब्यवस्थापन समिती गठन गरेको छ । नेपाल सरकारको बिपद ब्यवस्थापनको नियमावली अनुसार बिपद ब्यबस्थापन समिती गठन गरी  बिपद ब्यबस्थापन समिती गठन गरेको हो ।


समय समयमा प्राकृतिक प्रकोप तथा बिपद आई पर्ने भएकोले सो अवस्थाको लागी अग्रीम तयारीका लागी समिती बनाई काम कार्य अगाडी बढाउन चामे गाउँपालिकाले बिपद ब्यवस्थापनको कदम उठाएको हो । 
चामे गाउँपालिकाले विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्न बनेको २०७५ को दफा ३ बमोजिम स्थानीय तह भित्रको बिपद ब्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न गाउँ बिपद ब्यवस्थापन समितिको ब्यवस्था रहेको हुदा गाउँ बिपद ब्यवस्थापन समिति गठन गरेको  चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।


उक्त गाउँ बिपद ब्यवस्थापन समितिको बैठकमा निम्नानुसारका निर्णयहरु समेत गरेको छ ।

१ : गाउँ बिपद ब्यवस्थापन समिति गठन गर्ने ।

२ :  सुरक्षा निकायमा मौजुदा उपकरण,औजार समाग्रीको विवरण स्थानीय विपद ब्यवस्थापन समितिमा एक हप्ता भित्र उपलब्ध गराृउने ।

३ : वडा स्तरीय विपद ब्यवस्थापन समिति गठन गरि सो को जानकारी स्थानीय ब्यवस्थापन गर्ने ।

४ : वडा स्थरीय विपद ब्यवस्थापन समिति बस्ति स्तरमा स्वयम सेवक ब्युरो गठन का लागि ब्यवस्थापन गर्ने ।

५ : बिकास निर्माण कार्यमा जोखिम न्यूनिकरणलाई निन्र्तरता दिन स्थानीय सरकारलाई जानकारी गराउने , जस्ता ५ निर्णय सो बैठकले गरेको छ ।


सोहि बैठकबाट चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेको संयोजकत्वमा अन्य बिभिन्न संघ संस्था तथा स्थानीय,सुरक्षा निकाय,वडा अध्यक्ष राजनिति पार्टीका प्रतिनिधी,पत्रकार लगायत अन्य  सहित २२ जनाको गाउँ विपद ब्यवस्थापन समिति गठन गरेको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment