async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङ प्रहरीको पहिलो प्राथमिकतामा पर्यटक सुरक्षा,लैंगिक हिँसा र लागु औषध नियन्त्रण । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङ प्रहरीको पहिलो प्राथमिकतामा पर्यटक सुरक्षा,लैंगिक हिँसा र लागु औषध नियन्त्रण ।

भाद्र ५ मनाङ
नेगम परियार


हिमालपारीको जिल्ला मनाङमा जिल्ला प्रहरी कार्यालयको प्रहरी साझेदारी कार्यक्रमले निकै राम्रो काम तथा कार्यक्रम गर्दै आएको स्थानीयहरुको भनाई छ । केहि समय यता देखि जिल्ला प्रहरी कार्यालय चामे मनाङले जिल्ला भित्रका बिभिन्न स्थान तथा चारै गाउँपालिका तथा वडाहरुमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी सहित जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीका अनुसार जिल्लाका सबै गाउँपालिका तथा वडाहरु बिद्यालयहरुमा जनचेतनामुलक तथा सन्देशमुलक कार्यक्रमहरु एक पछि अर्को निरन्तर सञ्चालन गर्दै आएको र यस प्रहरी साझेदारी कार्यक्रमले समाज र समुदायमा सकारात्कम सन्देश दिएको र पाएको स्थानीयहरुबाट सुझाब तथा धन्यबाद ज्ञापन समेत आएको कार्कीले बताए ।


यस्तै कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय चामे मनाङले गत भाद्र ५ गते  जिल्ला भित्र चामे गाउँपालिका वडा नं. ४ स्थित जिल्ला प्रशासन कार्यालय चामे मनाङ र जिल्ला प्रहरी कार्यालय मनाङको सयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा पर्यटक सुरक्षा,लैंगिक हिँसा र लागु औषध नियन्त्रण सम्बन्धी एक कार्यक्रम सञ्चालन गरेको छ ।


प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कार्यालयका प्रमुख यज्ञ प्रसाद घले प्रमुख अतिथी र प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल बिशिष्ट अतिथि रहेका थिए ।उक्त कार्यक्रममा  सुरक्षा निकायका प्रमुखहरु, स्थानिय नागरिक समाज,होटल ब्यावसायी,आमा समुह, युवा क्लब, पुर्ब प्रहरी , पत्रकार तथा कार्यालय प्रमुख स्थानीयबासीहरुको सहभागीता रहेको थियो ।

समुदाय प्रहरी साझेदारी तथा लैङ्गिक हिँसा नियन्त्रण संजाल समितिको जिल्ला स्तरिय बैठक बसी पर्यटक सुरक्षा एंव जिमेवार निकायको भुमिका, लैङ्गक हिँसा, लागुऔषध दुरुपयोग नियन्त्रण सम्बन्धमा गम्भीर छलफल तथा अन्र्तकृया गरिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।

सोहि अवसरमा छलफल तथा सुझाबहरु समेत प्राप्त भएको र  सुझाब सल्लहा प्रति सबैले सकारात्मक बिचार ब्यक्त गरेको कार्कीले बताए ।उक्त कार्यक्रममा प्रहरी निरिक्षक प्रकाह भुषालले कार्यक्रमको बिषयबस्तु बारे जानकारी गराएका थिए भने कार्यक्रमको सहजिकरण प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलले गरेका थिए ।


उक्त बैठक तथा छलफलबाट पर्यटन सुरक्षा लक्षित कार्यक्रम उपयुक्त रहेको हुदा यस बिषयलाई प्राथमिकताका साथ कार्यन्वयन गर्नुपर्ने, सम्बन्धीत निकायबाट पर्यटन सुचना केन्द्र स्थापना गर्नु पर्ने , वातावरण तथा प्रकोपको कारण जोखिमयुक्त स्थानहरुमा संकेतको ब्यवस्था गुर्नु पर्ने , समुदाय प्रहरी साझेदारी कार्यक्रम नियमित रुपमा सञ्चालन हुनु पर्ने, लैङ्गिक हिँसा नियन्त्रणको लागी जनचेतना अभिबृद्धि गर्नुका साथै पिडितलाई तत्काल उद्धार गर्न प्रहरीलाई सुचना दिने , अनुसन्धानमा सहयोग गर्ने , सरोकारवाला निकायसंग समन्वय गर्ने र लागूऔषध दुरुपयोग हुन नदिन लागूऔषधको श्रोत पुर्णरुपमा नियन्त्रण गर्ने जस्ता निर्णय लागु हुने सहित कार्यक्रमको समापन गरिएको थियो ।

तस्बिर जिल्ला प्रहरी कार्यालय चामे मनाङ

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment