नेगम परियार
भाद्र १ मनाङ
हिमालपारीको जिल्ला मनाङबाट एस.इ.इ.ग्रेड बृद्धि पुरक परिक्षामा संलग्न २५ जना रहेका छन । प्रथम पटकको एस.इ.इ. परिक्षामा बिषय लागी पुन परिक्षा दिन पाउने बिद्यार्थीहरुको आज भाद्र १ गतेबाट परिक्षा सञ्चालन गरिएकोमा आज अंग्रेजी बिषयको परिक्षा भएको हो ।
मनाङ जिल्लाको एस.इ.इ. परिक्षामा बिषय लागेका र पुन पुरक परिक्षा दिनेहरुको संख्या २५ रहेको बिद्यालयका प्रधानाध्यापक शुरेस कुमार थापाले बताए । पुन एस.इ.इ. ग्रेड बृद्धि पुरक परिक्षामा आज अंग्रेजी बिषयमा २ जनाले परिक्षा दिईएको थापाले बताए ।
पुरक परिक्षा दिने २५ मध्ये अंग्रेजी बिषयमा २ जनाले आज पुरक परिक्षा दिएका छन भने क्रमश नेपाली बिषयमा १ जना गणीतमा २१ जना बिज्ञान बिषयमा १२ जना सामाजीक बिषयमा ३ जना जनसंख्या बिषयमा १ जना अर्थशास्त्र बिषयमा ५ जना र एकाउन्ट बिषयमा ५ जना गरी जम्मा २५ जना बिद्यार्थीहरुले एस.इ.इ. ग्रेड बृद्धि पुरक परिक्षा दिने पुरक परिक्षाका परिक्षा सहायक केन्द्राध्यक्ष पुस्कर बहादुर भण्डारीले बताए ।
एस.इ.इ.ग्रेड बृद्धि पुरक परिक्षा भाद्र ८ गते सम्म सञ्चालन हुने भण्डारीले बताए । मनाङ जिल्लाको एक मात्र एस.इ.इ.ग्रेड बृद्धि परिक्षा केन्द्र लोकप्रिय आवाशिय माध्यामिक बिद्यालय मात्र हो ।
0 comments:
Post a Comment
Thankyou for comment