श्रावण ३२ मनाङ
हिमालपारीको जिल्ला मनाङको तल्लो भेगको नासोँ गाउँपालिका अन्र्तगत वडा नं. ३ धारापानीमा सवारी दुर्घटना न्युनिकरण कार्यक्रम गत शनिबार सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा गरिएको कार्यक्रममा सवारी दुर्घटना न्युनिकरणका लागी के गर्न सकिन्छ र कसरी रोक्न सकिन्छ भन्ने बारेमा कार्यक्रम केन्द्रित रहेको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
नासोँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समुन अधिकिारीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्की , सहायक प्रहरी नायब उपरिक्षक रमेश भुवानी , रा.अ.मनाङका प्रमुख अनुसन्धान अधिकृत प्रचन्द्रमान डंगोल बिशेष अतिथी गरी अन्य सहभागीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
सडक दुर्घटना न्युनिकरण , सडक अवरोध हटाउने ,सडक सुरक्षा तथा सभ्यता लगायतका बिषयमा छलफल गरिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
0 comments:
Post a Comment
Thankyou for comment