पर्यटकहरुको रोजाईमा परेको मनाङमा पूर्वाधार निर्माण सुस्त छ । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीयहरु बताउँछन् । काठे पुलको भरमा यात्रा गर्न बाध्य स्थानीय र पर्यटकहरु त्रसित बन्छन् ।
ठेकेदार कम्पनी ‘द क्याराभान’ ले हिमाली जिल्ला मनाङमा एक अर्ब बढीको ठेक्का ओगटे पनि काम गरेको छैन् । कम्पनीले मनाङका ६ वटा मोटरेबल पुल र एउटा सडक स्तरोन्नतीको जिम्मा पाएको बर्षौं वितिसक्दा पनि अधिकांश आयोजनाको प्रगति शुन्य नै छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण मनाङका स्थानीय र पर्यटकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
ठेकेदार कम्पनी क्याराभानले लमजुङ र मनाङको सिमानामा निर्माण गरेको मोटरेवल पुल बगाएपछि सिधा यातायात चल्न सकेको छैन् । कमजोर ठाउँमा पुल निर्माण गरेकोले पुल बगाएको जानकारहरु बताउँछन् । यतिमात्रै होइन् क्याराभानले माथिल्लो मनाङको हुम्दे र ङावल जोड्ने गरी मर्स्याङ्दी नदीमा निर्माण गरेको पुल समेत भत्किएको छ ।
क्याराभानले जिल्लाको दूध खोला, पिसाङ लगायतका खोलामा पिलर मात्रै बनाएर छाडेको पनि बर्षौै बितिसक्दा पनि काम गरेको छैन् । जिल्लाका साँसदहरुले पनि पूर्बाधार विकासमा खासै चासो नदिएको आरोप जनप्रतिनिधिको छ ।
मनाङमा कामभन्दा पनि ठेक्का ओगटेर राख्ने क्याराभानलाई साँसदहरुकै भित्री सहयोग रहेको गुनासो पनि आउन थालेको छ । पटक पटक म्याद थप्ने तर काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा उल्टै सडक डिभिजन कार्यालय दमौली भौगोेलिक विकटतालाई दोष दिन्छ ।
क्याराभानले चामे–स्वर्गद्धारी सडक स्तरोन्नतीको काममा समेत ढिलाई गरेको छ । पछिल्लो समय सडक विभागकै कम चासोमा परेको बेसीशहर–चामे सडकमा आवश्यक पूर्वाधार निर्माण नहुँदा नागरिकहरुले सास्ती खेप्नुपरेको छ ।
.https://www.news24nepal.tv/2019/08/01/550984?fbclid=IwAR3ghguE2pA9_MVDTstFHLDabMaqbtCXxmE6n-Sw06-jnjXSJwslKheE-MY#.XUd5QfFfIec.facebook
0 comments:
Post a Comment
Thankyou for comment