श्रावण २० मनाङ
हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामेमा रहेको तातोपानी कुण्डको सरसफाई गरिएको छ । साउन २० गते नागपञ्चमीको अवसरमा जिल्ला प्रहरी कार्यालय चामे मनाङ र चामे गाउँपालिकाको सयुक्त आयोजनामा सोमबार चामे गाउँपालिका वडा नं.५ स्थित रहेको तातोपानी कुण्डको सरसफाई गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब निरिक्षक सबिन भण्डारीको कमाण्डमा २५ जना प्रहरी र चामे गाउँपालिकाको तर्फबाट १५ जना गरी सोमबार बिहान १ घण्टा ३० मिनेट समय सम्म तातोपानी कुण्डको सरसफाई साथै चामे बजारको झोलुङ्गे पुलबाट तातोपानी कुण्ड सम्मको बाटो समेत सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब निरिक्षक सबिन भण्डारीले बताए ।
जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी जवानहरु , चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले , निर्धन उत्थान बैँकका कार्यालय प्रमुख ऋषि आर्चाय लगाएत स्थानीयबासीहरुको सयुक्त सहकार्यमा सदरमुकाम चामेमा रहेको तातोपानी कुण्डको सरसफाई गरिएको हो । सोमबार नागपञ्चमी समेत परेको र उक्त तातोपानी कुण्डमा सदरमुकाम चामेका बासीन्दाहरुले लामा लगाई नागको पुजाआजा समेत गरिने भएकोले सोमबार तातोपानी कुण्ड सरसफाई गरिएको हो ।
0 comments:
Post a Comment
Thankyou for comment