नेगम परियार
साउन २३ मनाङ
गत बिहिबार हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे अन्र्तगत चामे गाउँपालिका वडा नं. १ तिमाङ गाउँमा लैंगीक हिंसा बिरुद्धको जनचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङले जनाएको छ ।
तिमाङ आमा समुहको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रम सीमा प्रहरी चौकी क्युपारको आयोजनामा प्रहरी नायब निरीक्षक प्रेम नारायण अधिकारीको कमाण्डमा खटिएको प्रहरीद्धारा लैंगीक हिंसा बिरुद्धको जनचेतना कार्यक्रम गरिएको हो ।
लैंगीक हिँसा र दुब्र्यबहार छैन हामीलाई स्विकार भन्ने मुल नाराका साथ सफल पारेको हो । तिमाङ आमा समुहकी अध्यक्ष टिकन देबी गुरुङको अध्यक्षतामा सुरु गरिएको लैँगीक हिँसा बिरुद्धको अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथी चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्र जंग गुरुङ , बिशेष अतिथी वडा अध्यक्ष आषिश गुरुङ्ग, गरी ३० जनाको पउपस्थितीमा कार्यक्रम गरिएको प्रहरी नायब निरीक्षक प्रेम नारायण अधिकारीले बताए ।
लैँगीक हिँसा बिरुद्धको अन्र्तक्रिया कार्यक्रममा कार्यक्रमका वक्क्ताहरुले बिभिन्न प्रकारका जनचेतना मुलक कार्यक्रम गरी रहनु पर्ने र तिमाङ बाट पोखरा सिक्लेस निस्कने पर्यट पदमार्ग भएको र उक्त स्थानमा सबेत प्रहरी द्धारा निगरानी हुन पर्ने बताएका थिए ।
0 comments:
Post a Comment
Thankyou for comment