नेगम परियार
भाद्र १२ मनाङ
हिमालपारीको जिल्ला मनाङमा समुदाय प्रहरी साझेदारी कार्यक्रमले जिल्ला भित्र बिभिन्न कार्यक्रमहरुलाई सकृयता दिदै आएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम तथा लागु औषध नियन्त्रण बिशेष अभियान कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय मनाङको कार्ययोजना अनुसार गाँजा फडानी कार्यक्रमलाई निकै गम्भिरताका साथ गाँजा नस्ट अभियान चलाएको हो ।
गत बिहिबार जिल्लाको चामे गाउँपालिका वडा नं. २ थानचोक स्थित बिहानको समयमा गाँजा फडानी कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए । गाँजा फडानी कार्यक्रममा सिमा प्रहरी चौकी क्युपारको आयोजनामा सञ्चालन गरिएको कार्कीले बताए ।
गाँजा फडानी अभियानमा मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्की, सशत्र प्रहरी बल ३२ नं. गुल्मका सहायक प्रहरी नायब उपरिक्षक रमेश भुवाजी , राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक पचण्डमान डंगोल, चामे गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भिम बहादुर गुरुङ, सिमा प्रहरी चौकी क्युपारबाट प्रहरी नायब निरिक्षक प्रेम नारायण अधिकारी , प्रहरी जवान, चामे गाउँपालिका वडा नं. २ का स्थानिय आमा समुहकी अध्यक्ष निर्मला गुरुङ, थानचोकका स्थानियबासी लगायत पत्रकार समाजसेवीको सयुक्त सहभागीतामा गाँजा फडानी कार्यक्रम गरिको हो ।
चामे गाउँपालिका वडा नं. २ थानचोक स्थित सढक छेउछाउ,गाउँ बस्ती तथा वारीमा आफै उम्रिएका करिब ७ रोपनी जग्गाको गाँजा अनुमानित ५ कुन्टल गाँजा फडानी गरि नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
सोहि दिन मनाङ जिल्लाको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका वडा नं. १ स्थित अपर पिसाङ र लोअर पिसाङमा पनि गाजाँ फडानी गरिएको छ । करिब १५ रोपनी जग्गामा सडक पाखो बारीको छेउछाउमा आफै उम्रिएका गाँजाका करिब १० हजार बोट करिब ८ कुन्टल गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको हो ।
गाँजा फडानी तथा नष्ट अभियानमा मनाङ ङिस्याङ गाउँपालिका वडा नं. १ का उपाध्यक्ष मेन्खु गुरुङको अध्यक्षतामा बैठक बसी प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीको नेतृत्वमा गाँजा फडानी गरिएको हो । फडानी कार्यक्रममा मनाङ ङिस्याङ गाउँपालिका वडा नं. १ का उपाध्यक्ष मेन्खु गुरुङ,सोहि वडाका वडा अध्यक्ष भुजुङ गुरुङ , वडा सचिब पशुपति अधिकारी आमा समुह तथा स्थानियबासीहरुको सयुक्त सहभागीतामा गाँजाको बोट फडानी तथा नष्ट पारीएको हो ।
तस्बिर जिल्ला प्रहरी कार्यालय चामे मनाङ
0 comments:
Post a Comment
Thankyou for comment