नेगम परियार
असोज १३ मनाङ
मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका ४ स्थित काजिन सारा तालमा चामे गाउँपालिकाको आयोजनामा असोज १० गतेबाट १४ गते सम्म आयोजना गरेको काजिन सारा ताल महोत्सब गरेको थियो ।
मौषमले साथ नदिएको कारण आयोजक टिम सहित सबै जना असोज १२ गते चामे सदरमुकाम फिर्ता हुने क्रममा सोहि समुहका ६ जना ब्यक्तिहरु रातको समय भएका कारण बाटो बिर्सिएर जंगलमा अलपत्र परेको छ भन्ने खवर प्राप्त हुना साथ गत आईतबार जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब निरिक्षक सबिन भण्डारीको कमाण्डमा ६ जना र सशस्त्र प्रहरी बल नेपाल चामे गुल्मबाट ४ जना गरी १० जनाको सुरक्षाकर्मीहरुको खोजी कार्यमा अलपत्र परेका ब्यक्तिहरुको उद्धार गरेको हो ।
अलपत्र परेका ब्यक्तिहरुलाई खोजी कार्य गर्दै जादा लम्जुङ हिमालको वेशक्याम्पमा सोमबार बिहान २ बजे फेला पारी सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
0 comments:
Post a Comment
Thankyou for comment