नेगम परियार
असोज १२ मनाङ
मनाङ - लम्जुङ जोडने एक मात्र सडक खण्ड पुन ३ महिना पछि सिधा सञ्चालन आएको ३ दिन हुन नपाउदै फेरी लम्जुङ - मनाङ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार गत शनिबार बेलुका लम्जुङको मस्र्याङदी गाउँपालिका ४ स्याँगेमा पहिरो जादा लम्जुङ मनाङ सडक अवरुद्ध भएको हो ।
पहिरोले एक जिपमा समेत क्षति पुराएको र सोहि पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको र जिपमा सवार यात्रु सबै सकुसल भएता पनि जिपमा भने क्षति भएको स्थानियले बताएका छन । काठमान्डौबाट मनाङ आउदै गरेको बा १६ च ५०६८ नम्बरको स्कारपियो जिप पहिरोमा परेको हो । पहिरोको कारण मनाङ बेशिसहर चल्ने सवारी साधन यता र उता भएका छन । पहिरो ठुलो मात्रामा आएका कारण सडक खुलाउन केहि समय लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय मनाङले जनाएका छ ।
तस्बिर : खुशि बराईली (सवारी चालक )
0 comments:
Post a Comment
Thankyou for comment