async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङमा बिश्व आत्महत्या रोकथाम र डेंगु रोग न्युनिकरणसम्बन्धी अन्र्तकृया । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङमा बिश्व आत्महत्या रोकथाम र डेंगु रोग न्युनिकरणसम्बन्धी अन्र्तकृया ।

नेगम परियार
भाद्र २४ मनाङ


हिमालपारीको जिल्ला मनाङमा मंगलबार बिश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथाम सम्बन्धी अन्र्तकृया कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मंगलबार जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा अन्र्तकृया कार्यंक्रम गरिएको हो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, जिल्ला अस्पताल मनाङका डा. सन्तोस अधिकारी , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवण कुमार बि.क.,राष्ट्रिय अनुसन्धान प्रमुख प्रचण्डमान डंगोल, बिभिन्न सरकारी पतथा गैरसरकारी संघ संस्थाकोका कार्यालय प्रमुख ,आमा समुह,युवा क्लब, पुतपुर्ब प्रहरी तथा समाजसेवीहरुको उपस्थितीमा अन्र्तकृया कार्यक्रम तथा प्रर्चा बितरण गरेको हो ।


कार्यक्रममा मानिसिक रोग आत्महत्याको मुख्य कारण रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले आफनो मन्तब्यमा बताएका थिए । बिशेष गरी १५ बर्ष उमेर देखि २९ बर्ष उमेरका मानिसहरुले बिभिन्न कारणले गर्दा आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको जिल्ला अस्पताल मनाङका डा. सन्तोस अधिकारीले बताए ।


आत्महत्यका घटनाहरु मनाङमा पनि नआएको भने होईन तर अन्य क्षेत्रहरुमा भन्दा यस जिल्लामा आत्महत्याका घटनाहरु न्युन रहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । यस बर्ष १ जनाले मात्र आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । 

मनाङमा आत्महत्याका घटनाहरु नभय पनि यस बारे जानकारी हुन सबैमा आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । नेपालमा प्रत्येक दिन औषत १४ जना मानिसले आत्महत्या गर्ने गरेको  तथ्यांकमा रहेको छ । संसारमा मृत्यु हुने  १५ मुख्य कारण आत्माहत्या नै भएको समेत तथ्यांकले देखाएको छ ।


सोहि अवशरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत डेंगु रोग न्युनिकरणका लागी जनचेतनामुलक पर्चा बितरण तथा जनचेतनामुलक सामाग्री समेत प्रस्तुत गरिएको थियो । हिमाली जिल्ला मनाङमा यस रोगको प्रबेश नभएको र अन्यनत्रबाट सर्न गई रोग लाग्न सक्ने र यस बाट बच्न , यस रोगको लक्षणहरुबारे सबै सचेत तथा जनकारी हुन आवश्यक रहेको कार्यक्रममा  कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताएका थिए । 

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment